हावाहुरी प्रभावितलाई तीन अस्पतालका कर्मचारीले एक दिनको तलब दिने

हावाहुरी प्रभावित क्षेत्र बारा र पर्साका जिल्लाका पीडित एवं प्रभावितलाई मानवीय सहायत र उपचारमा कांग्रेसका तीन पूर्व शीर्ष नेताका नामका अस्पतालहरु र अन्य संघसंस्थाले सघाउने भएका छन् ।

गत आइतबारको हावाहुरीबाट बढी प्रभाव परेको क्षेत्रका पीडितलाई बसुन्धरास्थित बिपी स्मृति अस्पतालसहित महेन्द्रनारायणनिधि स्मृति र गणेशमानसिंह स्मृति अस्पतालमा कार्यरत कर्मचारीको एक दिनको तलब संकलन गरि सहयोग गर्ने घोषणा गरेका छन् ।

बिपी स्मृति अस्पतालका अध्यक्ष डा. केदारनरसिंह केसीका अनुसार यो अभियानमा यशोधादेवि भगवानसिंह स्मृति ट्रस्ट, नेपाल चिकित्सक संघले समेत साथ दिने डा. केसीले जानकारी दिए । उनले प्रभावित क्षेत्रमा थप कुनै प्रकोपको अवस्था आएमा थप उपचार सहायता पु¥याउन समेत तीन वटै अस्पताल तयार रहेको बताए । उनले संकलित रकमबाट प्रभावित क्षेत्रको आवश्यकता हेरेर त्यही कार्यमा लगाइने समेत डा. केसीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय