हावाहुरी प्रभावितको सहायतामा स्वास्थ्य अनुसन्धान परिषद्का कर्मचारीले एक दिनको तलब दिने

बारा र पर्साको हावाहुरी प्रभावित क्षेत्रका पीडितका मानवीय सहायता र उद्दारका लागि स्वास्थ्य अनुसन्धान परिषद्का पदाधिकारी र कर्मचारीले एक दिनका तलब सहयोग गर्ने भएका छन् ।

मानवीय विपत्तिमा सघाउन अध्यक्षा डा. अन्जनीकुमार झाको प्रस्तावमा परिषद्का ६८ जना स्थायी, अस्थायी र करार कर्मचारीले एक दिनको तलब मुख्यमन्त्री सहायता कोषमा जम्मा गर्ने भएका हुन् ।

काउन्सिल स्वास्थ्य मन्त्रालय अन्र्तगतको अनुसन्धान सञ्चालन, नियमन र अनुगमनकर्ता निकाय हो । आइतबार राति बारा र पर्साका केही गाउँपालिकामा केन्द्रीत भएर गएको हावाहुरीबाट हजारौ परिवार प्रभावित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय