स्वास्थ्यमा ७, ८, ९, १०औँ तहका १६१४ कर्मचारीको समायोजन सूची सार्वजनिक (सूचीसहित)

हेल्थपोस्ट
प्रकाशित
२०७५ चैत १९ गते १७:४२

लामो समयको संघर्षपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुनःसंरचित संगठन संरचनाअनुसार समायोजनमा परेका स्वास्थ्यसेवाका कर्मचारीहरुको आंशिक सूची सार्वजनिक गरेको छ । समायोजनका विषयमा कर्मचारीको असन्तुष्टि र केही प्राविधिक कठिनाइका कारण एकैपटक पूर्ण सूची सार्वजनिक गर्न नसक्ने अवस्था देखेपछि केही दिनदेखि आंशिक सूची सार्वजनिक गर्ने तयारीमा लागेको सामान्यले मंगलबार स्वास्थ्यका सातौँ, आठौँ, नवौँ र १०औँ तहका कर्मचारीको समायोजन सूची सार्वजनिक गरेको हो । तीन तहका गरी जम्मा १ हजार ६ सय १४ कर्मचारी समायोजनमा परेका हुन् ।

सूची सार्वजनिकसँगै सरकार र कर्मचारी दुवैको टाउकोदुखाइको विषय बनेको समायोजनले लामो प्रसववत् वेदना पार गर्दै आंशिक रुपमै भए पनि परिणामलाई जन्म दिएको छ । यद्यपि, पुनःसंरचित संरचना र समायोजनको विषयलाई लिएर संघीयता कार्यान्वयनमै चुनौती दिने गरी आन्दोलन गरिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीले सामान्यको निर्णय कार्यान्वयनमा सहयोग गर्छन् वा विरोधमा उत्रिन्छन् भने हेर्न बाँकी नै छ ।

मन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसार सातौँ तहका ३ सय २ र आठौँ तहका ८ सय २१ कर्मचारी समायोजनमा परेका छन् । त्यसैगरी, नवौँ र १०औँ तहका गरी जम्मा ४ सय ९१ कर्मचारीलाई प्रदेशमा खटाइएको छ । मंगलबार बेलुकासम्म अन्य तहको पनि सूची सार्वजनिक गर्ने तयारीमा मन्त्रालय छ ।

आठौँ तह

नवौँ/दशौँ तह

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय