मानवीय सेवाका लागि डा. केसी हावाहुरी प्रभावित क्षेत्रमा, पुरनियामा शिविर

फाइल तस्बिर

डा. गोविन्द केसी आइतबार आएको विनाशकारी हावाहुरीबाट प्रभावित बारा र पर्साको गाउँमा उपचार एवं राहत वितरणका लागि पुगेका छ ।
विनाशको घटना थाहा पाउनासाथ सोमबारै दिउसै डा. केसी बस चढेर कलैयाका लागि हिँडेका थिए । उनले सोमबार राति कैलयत अस्पतालमा भर्ना गरिएका विरामीको अवस्था हेरेर स्थानीय चिकित्सकलाई सघाएका थिए ।

मंगलबार भने उनी विहानै बढी प्रभावित गाउँ पुगेका थिए । डा. केसीले साथमा औाषधि र राहत सामग्रीसमेत लिएर गएको हेल्थपोस्टलाई जानकारी दिए । उनले स्थानीय स्वास्थ्यकर्मी र चिकित्सको साथ लिएर प्रभावित क्षेत्रमा केही दिन शिविर चलाउने बताए । ‘सदरमुकाम र अस्पताल रहेका ठाउँमा अरु चिकित्सकहरु पनि हुनुहुन्छ, म समुदायमै गएर सेवा गर्छु ।’ उनले भने ।

हावाहुरीले सबैभन्दा बढी क्षती पु-याएको पुरनीय गाउँमा पुगेर शिविर चलाएका थिए । ‘पुरानीय र आसपासका ठाउँमा सामान्य चोटपटक र अन्य समस्या भएका विरामी बढी आइरहनु भएको छ,’ उनले भने, ‘भोली वीरगञ्ज आसपासका क्षेत्रमा गएर शिविर चलाउँछु, ।’

डा. गोविन्द केसीले हावाहुरी प्रभावित ठाउँमा दिनभर शिविर चलाउने भएका छन् । कलैयाबाट हेल्थपोस्ट संग कुरागदै उनले भने,‘ म संग स्थानिय केहि स्वास्थ्य कमी पनि हनुहुन्छ, अब स्वास्थ्य शिविर चलाउनछु ।’ हाडजोर्नीको सम्बन्धी औषधि लगायत सिटामोल, पारासिटामोल लगायतका विभिन्न प्रकारका औषधि वितरण गर्ने छन् । चिकित्साशिक्षा सुधार अभियान सुरु गर्नु अघिदेखि नै डा. केसी राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा भएका मानवीय विपत्तिका घटनामा आफ्नै खर्चमा उपचार तथा राहत वितरणमा खटिने गरेका छन् ।

आइतबार आकस्मिक रुपमा आएको हावाहुरीले २८ जनाको ज्यान गइसेकेको पुष्टि भएको छ । घटनापरी १ हजार भन्दा बढी व्यक्ति घाइते भएका छन् । मुत्यु हुनेमा ९ जना पुरुष, १४ जना महिला र बालबालिका ५ जना रहेका छन् ।
घाइतेहरुको बारा र पर्सा विभिन्न अस्पतालमा तथा काठमाडौं स्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय