हावाहुरी प्रभावित क्षेत्रमा काठमाडौं र छिमेकी जिल्लाबाट चिकित्सक टोली

बारा र पर्सामा एक्कासी आएको हावाहुरीबाट प्रभावित क्षेत्रमा घाइतीको उपचारका लागि स्वास्थ्य मन्त्रालयले नेपाल सेनासँग समन्वय गरेर काठमाडौँ र छिमेकी जिल्लाबाट समेत चिकित्सक टोली खटाएको छ ।

स्वास्थ्यमन्त्रीका प्रेस सल्लाहकार भक्त थापाका अनुसार घाइतेको उपचारका लागि प्रदेश २ का अधिकांश जिल्लामा रहेका चिकित्सकलाई बारा र पर्सा खटाइएको छ । सेनाको पनि सो क्षेत्रमा रहेका र काठमाडौँबाट पनि अतिरिक्त टोली खटिएको छ ।

आइतबार साँझ एक्कासि आएको हावाहुरीका कारण डेढ दर्जनभन्दा बढीको मृत्यु र ५ सय भन्दा बढी घाइते भएका छन् । पर्खाला, घर भत्किएर किचिएर घाइते भएकामध्ये नारायणी, नेशनल मेडिकल कलेज वीरगञ्ज, वीरगञ्ज हेल्थ केयर, गण्डक अस्पताललगायतका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
उपचारका लागि रगतको अभाव भएको छ । घाइतेमध्ये धेरै संख्याको ठूला शल्यक्रिया गर्नुपर्ने भएकोले अर्थोपेडिक्स, न्यूरोलगायतका सर्जन चाहिने स्थानीय चिकित्सकहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय