तिलोत्तमा नगरको घोषणा : रक्तसञ्चार सेवा पूर्ण निःशुल्क

रूपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरवासीले रगतको सेवा लिँदा रक्तसञ्चार केन्द्रलाई तिर्नुपर्ने शुल्कको भुक्तानी गर्ने भएको छ । नगरपालिकाका अनुसार नगरवासीले भुक्तानी पाउनका लागि रक्तसञ्चार केन्द्रहरूबाट रक्तसेवा लिएबापतको सेवाशुल्कको बिल नगरपालिकामा पेस गर्नुपर्नेछ ।

नगरवासीलाई अत्यावश्यक स्वास्थ्यसेवामा केही सहयोग पुगोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको नगरप्रमुख वासुदेव घिमिरेले जानकारी दिए । ‘यसले बिरामीलाई थोरै भए पनि राहत पुर्याउने विश्वास लिएको छु,’ उनले भने । नगरप्रमुख घिमिरेका अनुसार नगर कार्यपालिकाको ५८औँ बैठकले रक्तसञ्चार सेवाकेन्द्रहरूबाट नगरवासीले लिने रगतको ‘ल्याब चार्ज’ भुक्तानी गर्ने निर्णय भएको हो ।

नेपालमा रेडक्रस सोसाइटीलगायत सामाजिक संघ–संस्थाबाट सञ्चालित रक्तसञ्चार केन्द्रहरूले रगत सीधै बिक्री नगरे पनि रगत संकलन गरी बिरामीलाई उपलब्ध गराउँदा एक युनिटको कम्तीमा ७ सय २५ रूपैयाँ ‘ल्याब चार्ज’ लिने गरेका छन् । विभिन्न रोगको परीक्षण, ब्लड ब्याग सेट, भण्डारणलगायतको शुल्क यसमा जोडिने गर्छ ।

नेपालमा रेडक्रस सोसाइटीलगायत सामाजिक संघ–संस्थाबाट सञ्चालित रक्तसञ्चार केन्द्रहरूले रगत सीधै बिक्री नगरे पनि रगत संकलन गरी बिरामीलाई उपलब्ध गराउँदा एक युनिटको कम्तीमा ७ सय २५ रूपैयाँ ‘ल्याब चार्ज’ लिने गरेका छन् । विभिन्न रोगको परीक्षण, ब्लड ब्याग सेट, भण्डारणलगायतको शुल्क यसमा जोडिने गर्छ । नगरवासीले प्रयोग गर्ने रगतको यसप्रकारको सेवाशुल्क अब नगरपालिकाले भुक्तानी गर्ने भएको हो ।

विभिन्नप्रकारका रोगको शल्यक्रिया, मिर्गौलाको डायलाइसिस गराउनुपर्नेलगायत बिरामीलाई रगतको आवश्यकता पर्दछ । रूपन्देहीमा बुटवल र भैरहवामा रहेका रक्तसञ्चार केन्द्रले रगतको व्यवस्थापन गर्दै आएका छन् भने विभिन्न संघ–संस्था, क्लबहरूले नियमित रक्तदान गर्दै आएका छन् । पछिल्लो समय रूपन्देहीमा नियमित रक्तदान गर्नेक्रम बढ्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय