लोकले पुजेको तुलसी स्वास्थ्यका लागि वरदान

हेल्थपोस्ट
प्रकाशित
२०७५ चैत १३ गते १४:५४

हिन्दूधर्मावलम्बीले भगवान्का रूपमा पुज्ने तुलसी (बेसिल)को वैज्ञानिक नाम ओसिमम स्नाक्टम हो । होलिबेसिलको नामले प्रचलित तुलसी दक्षिणपूर्वी एसियामा पाइने ३० देखि ६० सिएमसम्म लम्बाइको बहुउपयोगी वनस्पति हो । साना–साना हाँगामा झाँगिने तुलसीलाई आयुर्वेदिक विरुवा पनि भनिन्छ ।

तुलसीका फाइदा

– तुलसीमा धेरै औषधीय गुण हुन्छन् । यसको पातको प्रयोगले स्नायुप्रणालीलाई मजबुत बनाउनुका साथै स्मरणशक्ति बढाउँछ ।

– तुलसीको पातलाई पानीमा पकाएर चियाका रूपमा पिउँदा सबैखालका ज्वरो तथा रुघाखोकीमा फाइदा पु-याउँछ ।

– तुलसीको पातको धुलो मह तथा अदुवामा मिसाएर सेवन गर्दा श्वास–प्रश्वाससम्बन्धी समस्या, जस्तै, दम, इन्फ्लुएन्जा, खोकी, कफलगायतमा लाभदायी हुन्छ ।

– यदि मूत्रथैलीमा पत्थरी छ भने महमा तुलसीको रस मिसाएर ६ महिनासम्म नियमित पिउनाले मूत्रनली हुँदै पत्थर बाहिर निस्कने विश्वास छ ।

– यसको सेवनले ब्लड स्टेरोइत तथा अल्कोहलको मात्रा घटाउँछ । यो मुटुरोगमा पनि लाभकारी हुन्छ ।

– सामान्य बालरोग, जस्तै, खोकी, रुघा, ज्वरो, झाडापखाला, वान्तालगायतमा तुलसीको रस लाभदायी हुन्छ । बालकमा हुने चिकेनपक्समा पनि यो लाभकारी हुन्छ ।

– यसमा एन्टि–स्टे«स एजेन्ट हुन्छ । यसले स्ट्रेसबाट जोगाउँछ ।

– यो अल्सर तथा मुखको संक्रमणमा पनि अति उपयोगी छ । यी समस्या भएमा केही पात लिएर चपाउँदा फाइदा पुग्छ ।

– किराले टोकेको ठाउँमा केही दिन नियमित तुलसीको रस लगाउँदा निको हुन्छ ।

– डन्डिफोर, चाया, छाला चिलाउने तथा छालाको चमक हराउनेजस्ता विविध रोगमा घरमै बसेर तुलसीको रस लगाएर उपचार गर्न सकिन्छ । साथै, कस्मेटिक उपचारमा पनि तुलसी लाभदायी हुन्छ ।

– तुलसी सुकाएर बनाएको धुलोलाई तोरीको तेलमा मिलाएर पेस्ट बनाएर दाँत माँझ्दा दाँतका धेरै समस्याबाट छुटकारा पाउन सकिन्छ ।

– तुलसीलाई तातोपानीमा उमालेर पिउनाले टाउकोको दुखाइमा फाइदा पु-याउँछ ।

– राति आँखा नदेख्ने तथा आँखाको दृष्टिक्षमता कमजोर हुनेले तुलसीको रस दुई थोपा हाल्दा फाइदा पु-याउँछ ।

– तुलसीमा एन्टिब्याक्टेरियल र एन्टिफंगल तत्व पाइने हुनाले मुहार सुन्निएका वेला तुलसीको पातलाई पिँधेर पेस्ट बनाएर लगाउँदा उपयोगी हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय