नेपाल लाइफको ‘घातक रोग सुविधा योजना’, ५० लाखसम्मको जोखिम वहन गर्ने

हेल्थपोस्ट नेपाल

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ५० लाख रूपैयाँसम्मको जोखिम वहन हुने ‘घातक रोग सुविधा योजना’ सार्वजनिक गरेको छ ।
१८ वर्षदेखि नेपाली जीवनबिमा क्षेत्रमा क्रियाशील नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पछिल्लोपटक विभिन्न घातक रोगहरू (क्रिटिकल इलनेस)को जोखिम वहन गर्ने नायाँ बिमा योजना सार्वजनिक गरेको हो ।
कम्पनीले विगतमा पनि समयसापेक्ष नयाँ–नयाँ योजनाहरू ल्याएको जनाउँदै पछिल्लो योजना पनि समयको माग र सेवाग्राहीको आवश्यकतालाई दृष्टिगत गरी सार्वजनिक गरेको दाबी गरेको छ । ‘हामीले आमसर्वसाधारणलाई घातक रोग लाग्दा आइपर्न सक्ने आर्थिक संकटलाई दृष्टिगत गरी यो योजना अघि सारेका हौँ,’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले भने, ‘हाल विश्वव्यापी रूपमा बढ्दै गएको घातक रोगहरूको उच्च जोखिमबाट हुने क्षति न्यूनीकरण गर्न पछिल्लो योजनाले हाम्रा सेवाग्राहीलाई ठूलो सहयोग पुग्ने विश्वास छ ।’

कस्ता रोगी योजनामा समावेश हुन सक्छन् ?

कम्पनीको घातक रोग सुविधा योजनामा क्यान्सर, अन्तिम चरणको मर्गौला विफलता, प्राथमिक पल्मोनरी धमनी, उच्च रक्तचाप, सिम्पटम्स मल्टिपल स्क्लेरोसिस, मुख्य अंग प्रत्यारोपण, ओपन चेस्ट सिएबिजी, महाधमनीको शल्यक्रिया, ओपन हार्ट सर्जरी वा मुटुका भल्भहरूको मर्मत, मस्तिष्काघात, माइयोकार्डिअल इन्फ्राक्सन वा पहिलो हृदयाघात, कोमा, पूर्ण अन्धोपन, स्थायी रूपले भएको अंगहरूको पक्षाघात, अन्तिम चरणको कलेजोको विफलता, अन्तिम चरणको फोक्सोसम्बन्धी रोग, अल्जाइमर्स रोग, पार्किन्सन्स रोग, तेस्रो डिग्रीमा पोलेको÷डढेको गरी विभिन्न रोग समावेश छन् ।

यस योजनामा सहभागी हुन नियमित बिमाशुल्कमा न्यूनतम रकम मात्र थप गरे पुग्ने कम्पनीले जानकारी गराएको छ । कम्पनीका अनुसार यो पूरक करार (थप सुविधा) लिएपछि बिमा अवधिमा तोकिएका घातक रोग लागेमा बिमा कम्पनीले जोखिम वहन गर्नेछ । साथै, साबिकको योजना भने बिमाअवधिसम्म चालू रहनेछ । यस पूरक करारले थप जोखिम वहन गर्नेछ । ऐच्छिक सुविधा दिने पूरक करार पहिला कुनै पनि योजनाको जीवनबिमा गरेका बिमित वा नयाँ बिमितले तोकिएका सर्त पूरा गरी थप सुविधा लिन सक्नेछन् ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपालको बिमा बजारको झन्डै एकतिहाइ हिस्सा ओगटेको छ । कम्पनीको चुक्तापँुजी ४ अर्ब ४० करोड रूपैयाँ छ । साथै, जीवनबिमा कोष ५९.४९ अर्ब र लगानी ६५.९८ अर्ब छ, जुन नेपाली बिमाक्षेत्रको सर्वाधिक हो । कम्पनीले देशभरमा १ लाख १६ हजारभन्दा बढी प्रशिक्षित अभिकर्ता र १ सय ७० शाखामार्फत स्वदेश तथा विदेशमा गरी करिब २५ लाख व्यक्तिलाई बिमित गरेको छ । कम्पनीले विभिन्न समयमा विभिन्न अवार्डहरूसमेत जितिसकेको जनाएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *