तीनमध्ये एकजनामा दृष्टिदोष, तर सरकारी दरबन्दीमा दृष्टिविशेषज्ञ शून्य

पछिल्लो समय प्रविधिको विकाससँगै मोबाइल, कम्प्युटर र टेलिभिजनको बढ्दो प्रयोगले मानिसमा दृष्टिदोष बढ्दै गएको छ । विशेषगरी बालबालिकाको यस्ता विद्युतीय उपकरणप्रतिको लिप्तताले कलिलै उमेरमा आँखाको दृष्टिमा गम्भीर समस्या देखिन थालेका छन् ।

कलिला नानीबाबुलाई भुलाउनका लागि हातमा बोक्नै नसक्ने स्मार्ट फोन दिएर आफू काममा लाग्नुअघि अभिभावकले सायदै ख्याल गरेका होलान्, आफ्नो केही क्षणको सजिलोका लागि बाच्चालाई घातक नसाको सिकार बनाइरहेको छु । यसै पनि आजको डिजिटल दुनियाँमा हुर्किंदै जाँदा सिकाइका क्रममा कतिपय कुराको अध्ययन, खोज–अनुसन्धानका लागि यस्ता प्रविधि अनिवार्यजस्तै बनिसकेका छन् । अध्ययनपश्चात् आर्जित सीपको प्रयोग र रोजगारीका क्रममा त झन् यस्ता विद्युतीय उपकरण अनिवार्य नै बन्दै गएका छन् । अधिकतर पेसा कम्प्युटरविना सम्भव हुन छोडेका छन् भने मोबाइलविनाको जीवन दिनभरका लागि पनि कल्पना गर्न छोडिएको छ । समग्रमा मानिसको जीवनकालको कुनै पनि अवधिमा यी उपकरणहरूले पिछा नछोड्ने निश्चितप्रायः भइसकेको छ । परिणाम, दृष्टिदोषको समस्या अस्वाभाविक रूपमा बढ्दै छ र निकट भविष्यमै यसले विकराल रूप लिने संकेत स्पष्ट छ । तर, त्यससम्बन्धी चिकित्सकको भने नेपाल सरकारले हालसम्म एउटा पनि दरबन्दी सिर्जना गरेको छैन ।

कलिलै उमेरमा दृष्टिदोष भएपछि बालबालिकाको शरीरको विकासक्रमसँगै आँखाको साइज पनि त्यही अनुपातमा बढ्न जान्छ र चस्माको बाल्कोपन पनि बढ्दै जान्छ । यस्तो अवस्था आएपछि बालबालिकामा मोतीविन्दु, जलविन्दु हुनुका साथै पर्दापछाडिको रेटिनामा असर पर्ने गरेको विभिन्न अध्ययनले देखाएका छन् ।
हरेक वर्ष २३ मार्चमा वल्र्ड अप्टोमेट्री डे अर्थात् विश्व दृष्टिविशेषज्ञ दिवस मनाइँदै आएको छ । यसै अवसरमा नेपाल दृष्टिविशेषज्ञ संघले शनिबार त्रिवि शिक्षण अस्पतालमा ‘विशिष्टीकृत आँखासेवाका लागि दृष्टिविशेषज्ञ’ मूल नारासहित कार्यक्रम गरी दृष्टिविशेषज्ञ दिवस मनाएको छ ।

हाल तीनमध्ये एकजनामा दृष्टिदोष, सन् ०५० सम्म दुईमध्ये एकमा भेटिने
वर्तमानमा विश्वको ३० प्रतिशत जनसंख्या दृष्टिदोषबाट पीडित छ । यही अवस्था कायम रहे सन् २०५० मा विश्वको करिब आधा जनंसख्या दृष्टिदोषको सिकार हुने आकलन गरिएको छ । नेपालको सन्दर्भमा कुल जनसंख्याको ० दशमलव ३५ प्रतिशत मानिस मोतीविन्दुका कारण मात्र अन्धोपनको सिकार बनेका छन् । मोतीविन्दुबाहेक अन्य कारणले अन्धकारमय जीवन जिउन बाध्यहरूको भने हालसम्म राष्ट्रिय सर्वेक्षण नै नभएको दृष्टिविशेषज्ञ संघ नेपालका अध्यक्ष डा. नीरजदेव जोशी बताउँछन् ।

कलिला नानीबाबुलाई भुलाउनका लागि हातमा बोक्नै नसक्ने स्मार्ट फोन दिएर आफू काममा लाग्नुअघि अभिभावकले सायदै ख्याल गरेका होलान्, आफ्नो केही क्षणको सजिलोका लागि बाच्चालाई घातक नसाको सिकार बनाइरहेको छु । यसै पनि आजको डिजिटल दुनियाँमा हुर्किंदै जाँदा सिकाइका क्रममा कतिपय कुराको अध्ययन, खोज–अनुसन्धानका लागि यस्ता प्रविधि अनिवार्यजस्तै बनिसकेका छन् ।

वार्षिक ९० दृष्टिविशेषज्ञ उत्पादन, तर झन्डै दुईतिहाइ रोजगारीका लागि बिदेसिन बाध्य
नेपालमा दृष्टिविशेषज्ञको पठन–पाठन त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) महाराजगंज मेडिकल क्याम्पसमा २० वर्षदेखि हुँदै आएको छ । त्यसैगरी, चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा २ वर्षदेखि यसको पढाइ हुँदै आएको छ भने पोखरा विश्वविद्यालयमा यसै वर्षदेखि पठन–पाठन सुरु भएको अवस्था छ ।

यी तीन शिक्षणसंस्थाबाट वार्षिक वार्षिक ९० जना दृष्टिविशेषज्ञ उत्पादन हुन्छन्, यद्यपि भर्खरै पढाइ सुरु गरेको पोखरा विश्वविद्यालयको उत्पादन बजारमा आइपुग्न भने अझै दुई वर्ष लाग्नेछ । प्रतिवर्ष आइओएममा १०, न्याम्स र पोखरा विश्वविद्यालयमा ४०–४० जना दृष्टिविशेषज्ञ पढाइका लागि कोटा निर्धारण गरिएको छ । तर, दृष्टिविशेषज्ञका लागि अवसर भने ज्यादै साँघुरो छ । हालसम्म नेपाल सरकारले देशभर एउटा पनि दृष्टिविशेषज्ञको दरबन्दी सिर्जना गरेको छैन । तसर्थ, दृष्टिविशेषज्ञले सीमित निजीक्षेत्रमै आफ्नो सीप प्रयोगका लागि खुम्चिनुपर्ने बाध्यता छ ।

‘दृष्टिविशेषज्ञको महत्व धेरै भए पनि सरकारले कामको परिचान गर्न सकेको छैन,’ दृष्टिविशेषज्ञ डा.जोशी भन्छन्, ‘जसका कारण अझै पनि दृष्टिविशेषज्ञले निजी अस्पताल तथा क्लिनिकमा मात्र खुम्चिनुपर्ने अवस्था छ ।’ नेपालमा हाल ७ सयको हाराहारीमा दृष्टिविशेषज्ञ रहेको तथ्यांक छ । त्यसमध्ये नेपालमै अध्ययन गरेकाको संख्या करिब सय छ । बाँकीले छिमेकी देश भारतलगायत अन्य देशबाट अध्ययन गरेर आएको डा. जोशी बताउँछन् ।

विश्वमा करिब साढे २ अर्ब मानिसमा दृष्टिदोषको समस्या रहेको र त्यसमध्ये अधिकांश उपचारसेवाबाट वञ्चित रहेको विश्वव्यापी सर्वेक्षणहरूले देखाएका छन् । सर्वेक्षणका प्रतिवेदनहरूले आँखासेवामा पहुँचको कमीलाई नै यसको प्रमुख कारण मानेका छन् ।

नेपालमा आँखास्वास्थ्यसम्बन्धी अस्पताल ३३ वटा छन् भने ८० वटाभन्दा बढी प्राथमिक आँखा उपचार केन्द्रले सेवा दिइरहेका छन् । नेपाललगायत अन्य विकासशील देशमा आँखा स्वास्थ्यसेवालाई आधारभूत स्वास्थ्यसेवामा एकीकृत गरी लैजानुपर्ने आवश्यकता महसुस गरिँदै आएको छ । सरकारले दृष्टिविशेषज्ञको क्षमतालाई परिचाहन गरी आमजनताको पहुँजमा गुणस्तीरय आँखा सेवा पुर्याउनु आवश्यक रहेको डा. जोशी बताउँछन् ।

यी तीन शिक्षणसंस्थाबाट वार्षिक वार्षिक ९० जना दृष्टिविशेषज्ञ उत्पादन हुन्छन्, यद्यपि भर्खरै पढाइ सुरु गरेको पोखरा विश्वविद्यालयको उत्पादन बजारमा आइपुग्न भने अझै दुई वर्ष लाग्नेछ । प्रतिवर्ष आइओएममा १०, न्याम्स र पोखरा विश्वविद्यालयमा ४०–४० जना दृष्टिविशेषज्ञ पढाइका लागि कोटा निर्धारण गरिएको छ । तर, दृष्टिविशेषज्ञका लागि अवसर भने ज्यादै साँघुरो छ । हालसम्म नेपाल सरकारले देशभर एउटा पनि दृष्टिविशेषज्ञको दरबन्दी सिर्जना गरेको छैन । तसर्थ, दृष्टिविशेषज्ञले सीमित निजीक्षेत्रमै आफ्नो सीप प्रयोगका लागि खुम्चिनुपर्ने बाध्यता छ ।

के हो दृष्टिविशेषज्ञको काम ?
दृष्टिविशेषज्ञले आँखाको प्राथमिक उपचारसँगै अन्य विशेषतम आँखाको सेवा प्रधान गर्छन् । अल्छी आँखाको उपचारमा दिइने थेरापी, आँखाको मांसपेशी कमजोर भई हुने टाउकोदुखाइमा दिइने थेरापीका लागि दृष्टिविशेषज्ञकै आवश्यकता पर्दछ ।  त्यसैगरी, दृष्टिदोषको निवारणका लागि प्रयोग गरिने चस्मा तथा कन्ट्याक्ट लेन्सको परीक्षण दृष्टिविशेषज्ञले नै गर्छन् ।

पछिल्लो समय अन्धोपनको कारण मोतीविन्दु मात्र रहेन । दृष्टिविशेषज्ञ संघका कोषाध्यक्ष जुनु क्षेष्ठ भन्छिन्, ‘दृष्टिदोष पाइएका अधिकांश मानिस कमजोर आर्थिक अवस्थाका छन्, जसले गर्दा उनीहरूले धेरै चुनौतीको सामना गर्नुपरेको छ ।’ नेपाल सरकारले स्वास्थ्यसेवाको पहुँच कम भएका ठाउँमा आँखा उपचारका लागि छुट्टै अस्पतालको व्यवस्था नगर्दा बिरामीहरू जिल्ला तथा अञ्चल अस्पताल जान बाध्य छन् । यसका कारण आँखाका विशिष्टीकृत अस्पतालमा आमनेपालीको पहुँच छैन ।
नेपालका आँखा अस्पतालका सेवा गुणस्तरका कारण विश्वभर प्रख्यात छन् । गुणस्तरीय सेवाका लागि विदेशबाट समेत उल्लेख्य मात्रामा बिरामी आँखाको उपचारका लागि नेपाल आउने गरेका छन् । तर, आमनेपाली कमजोर पहुँचका कारण अझै पनि जिल्ला अस्पतालमा गएर आँखाको उपचार गराउन बाध्य छन्, जहाँ आँखासेवा विकसित हुन सकेको छैन ।

हेल्थपोस्ट वा जिल्लाअस्पतालमा कुनै दृष्टिविशेषज्ञ सेवाका खटिए नै पनि चेकजाँचका लागि ती स्वास्थ्यसंस्थामा उपकरण उपकरण उपलब्ध छैनन् । आफ्नो पहुँच भएका स्वास्थ्यसंस्थामा आँखासेवा उपलब्ध नहुँदा बिरामी सेवाबाट वञ्चित छन् ।  आँखा उपचारका लागि आवश्यक उपकरणहरू धेरै महँगा भएका कारण सबै ठाउँमा सेवा उपलब्ध गराउन नसकिएको विशेषज्ञहरूको भनाइ छ । आँखा उपचारमा स्लिप ल्याब, आँखाको पावर नाप्ने रेम्नोकेप, आँखाभित्र हेर्नका लागि अर्थकोमस, लेन्स सेटलगायत उपकरण प्रयोग गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय