खुसी देशको सूचीमा नेपाल सय नम्बरमा, विश्वकै खुसी मुलुक फिनल्यान्ड

हेल्थपोस्ट
प्रकाशित
२०७५ चैत ७ गते १६:५५


सरकारले सुखी नेपाल सम्बृद्ध नेपालको नारासहित विकासलाई गतिदिने बतारहँदा नेपाल नागरिको खुसीको मापनमा भने निकै पछाडि परेको छ ।  विश्व खुसी दिवसको अबसर पारेर राष्ट्रसंघले सार्वजनिक गरेको १५६ देशको अवस्था समेटिएको प्रतिवेदनमा नेपाल १०० नम्बरमा छ । नागरिकको औसत आयु, सामाजिक सद्भाव, भ्रष्ट्राचारको अवस्था र स्वतन्त्रतालगायका सूचकलाई आधार मानेर राष्ट्रसंघको दिगो विकास समाधान सञ्जालले विश्व खुसी प्रतिवेदन तयार पार्छ ।

राष्ट्रसंघले भुटानको प्रस्तावमा सन् २०११ देखि विश्व खुसी दिवस मनाउन सुरु गरेर प्रत्येक वर्ष प्रतिवेदनसमेत सार्वजनिक गर्दै आएको छ ।

जुन विश्वकै खुसी मुलुक भएको छ । त्यसैगरी डेनमार्क दोस्रो नम्बरमा छ भने, नर्वे तेस्रो नम्बरमा छ । आइसल्यान्ड, नेदरल्यान्ड, क्रमशः चौथो र पाँचौ नम्बरमा छन् । स्वीजरल्यान्ड छैठौँ, स्वीडेन सातौँ, न्युजिल्यान्ड आठौँ, क्यानडा नवौँ र अस्टेलिया दशौँ नम्बरमा छन् ।

पछिल्लो प्रतिवेदनअनुसार विश्वको सबैभन्दा खुसी देशको सूचीमा लगातार दोस्रोपटक फिनल्यान्ड छ । जुन विश्वकै खुसी मुलुक भएको छ । त्यसैगरी डेनमार्क दोस्रो नम्बरमा छ भने, नर्वे तेस्रो नम्बरमा छ । आइसल्यान्ड, नेदरल्यान्ड, क्रमशः चौथो र पाँचौ नम्बरमा छन् । स्वीजरल्यान्ड छैठौँ, स्वीडेन सातौँ, न्युजिल्यान्ड आठौँ, क्यानडा नवौँ र अस्टेलिया दशौँ नम्बरमा छन् ।

खुसी दिवसको प्रस्ताव गर्ने मुलुक भटान यसपटक ९५ नम्बरमा झरेको छ । अन्य सार्क मुलुकमा पाकिस्तानबाहेक अधिकांश नेपालभन्दा पछाडि छन् । जसअनुसार पाकिस्तान ७५औँ, बंगलादेश १ सय २५औँ, श्रीलंका १३० औँ, भारत १४०औँ, अफगानिस्तान १५४छन् ।  तीबाहेक चर्चित मुलुकहरु वेलायत १५औँ, जर्मनी १०औँ, जापान ५८औँ, रुस ६८औँ र चीन ९३औँ नम्बरमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय