भूकम्प प्रभावित चार जिल्लाका अस्पताल भवन निर्माण हुने

हेल्थपोस्ट नेपाल

जर्मन संस्था केएफडब्लूको एक करोड युरो सहयोगमा नेपालमा चारवटा अस्पतालको भवन निर्माण हुने भएको छ । जिल्ला अस्पताल गोरखा, रसुवा, रामेछाप र दोलखाको जिरी अस्पतालमा चारतले भवन निर्माण गरिने भएको हो ।

०७२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भई राष्ट्रिय पुनर्निर्माण योजनामा परेका अस्पतालमध्ये प्राथमिकताका आधारमा चारवटा अस्पताल छनोटमा परेका हुन् । भवनको डिजाइन, फिजिबिलिटीलगायतको अध्ययन सकिसकेको र निर्माणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले टेन्डर आह्वान गरिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखाका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले बताएका छन् ।

नयाँ बन्ने अस्पतालका भवन सरकारले निर्धारण गरेको ५० शय्याको अस्पतालको मापदण्डअनुसार निर्माण हुने महाशाखाको भनाइ छ । निर्माण सम्पन्न भइसकेपछि अस्पताललाई आवश्यक उपकारहरू जर्मन संस्थाले नै उपलब्ध गराउने सहमति छ ।

महाशाखाका अनुसार हाल टेन्डर आह्वान भई प्राविधिक मूल्यांकन भइसकेको छ । निर्माणका लागि १४ बटा फर्मले बोलपत्र पेस गरेकोमा १० वटा फर्म प्राविधिक छनोटमा पर्न सफल भएको र आर्थिक प्रस्तावको मूल्यांकनको चरणमा रहेको महाशाखाले जनाएको छ ।

नयाँ बन्ने अस्पतालका भवन सरकारले निर्धारण गरेको ५० शय्याको अस्पतालको मापदण्डअनुसार निर्माण हुने महाशाखाको भनाइ छ । निर्माण सम्पन्न भइसकेपछि अस्पताललाई आवश्यक उपकारहरू जर्मन संस्थाले नै उपलब्ध गराउने सहमति छ ।

अस्पतालका नयाँ भवनमा अन्तरंग, बहिरंग, अप्रेसनकक्षसहितका संरचना निर्माण हुने महाशाखाले जनाएको छ । मन्त्रालयले टेन्डर आह्वान गर्दा ठेक्का सम्झौता भएको १४ महिनाभित्र भवनको निर्माण पूर्ण रूपमा सम्पन्न हुनुपर्ने सर्त राखेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *