पीरोसित डराउनुहुन्छ ? जान्नुहोस्, खुर्सानीका १२ अपत्यारिला स्वास्थ्य फाइदा

हेल्थपोस्ट
प्रकाशित
२०७५ चैत ५ गते १०:०९

पीरो भनेपछि हामीमध्ये कतिको ज्यान सिरिंङ हुन्छ भने कतिपयको मुख रसाएर आउँछ । खुर्सानी भनेपछि सुन्नै नचाहने र खुर्सानीका पारखी दुवैलाई हरियो खुर्सानीका अद्भुत स्वास्थ्यलाभबारे थाहा नहुन सक्छ ।
एसियनहरूको भान्छामा विभिन्न तरिकाले प्रयोग गरिने हरियो खुर्सानी स्वास्थ्यका हिसाबले बहुउपोगी छ । विशेषगरी भारत, थाइल्यान्ड, पाकिस्तान, भुटान र नेपालमा खर्सानीको प्रयोग दैनिकजसो गरिन्छ । हरियो वा सुकेको खुर्सानीलाई सीधै तथा सुकेको खुर्सानीलाई तारेर वा पाउडर बनाएर पनि प्रयोग खानाका विभिन्न परिकारमा गर्ने प्रचलन छ । स्वादका पारखीका लागि खुर्सानी एक विशेष आवश्यकतामा पर्दछ । जिब्रोको स्वादका लागि प्रयोग गरिने खुर्सानी भिटामिनले पनि भरिपूर्ण हुन्छ ।

तपाईंलाई आश्चर्य लाग्न सक्छ– हरियो खुर्सानीमा प्रशस्त मात्रामा पाइने स–साना बियाँ, जुन निकै पीरो हुन्छन्, त्यसको सेवनले शरीरको तापक्रम घटाउन सघाउँछ । खाँदा रन्का छुटाउने हरियो खुर्सानीका बियाँले ब्रेनलाई कुल बनाउन सघाउँछ । त्यसैले भारतजस्तो गर्मी देशमा पनि सुर्खानीको सेवन गरिन्छ । सामान्यतया चिसो ठाउँको तुलनामा गर्मी ठाउँमै खुर्सानीको प्रयोग बढी गरेको पाइन्छ ।

फाइदा

१) हरियो खुर्सानीमा जिरो क्यालोरी हुन्छ । यसले खाना खाएको ३ घण्टापछि तपाईंमा मेटाबोलिजम ५० प्रतिशतले वृद्धि गर्छ ।

२) हरियो खुर्सानीमा क्यान्सरवि?द्धको प्रतिरक्षात्मक शक्ति हुन्छ । हरियो खुर्सानीमा पाइने एन्टिअक्सिडेन्टल गुणले शरीरलाई क्यान्सरविरुद्ध लड्न सघाउँछ । हरियो खुर्सानीले प्रोस्टेडको समस्यासँग पनि लड्न सघाउँछ ।

३) हरियो खुर्सानीले कार्डियोभ्यास्कुलर सिस्टममा पनि राम्रो प्रभाव पु¥याउँछ । यसले ब्लडमा कोलेस्टेरोल घटाउनुका साथै हृदयाघात र स्ट्रोक गराउन सघाउने ब्लडक्लड बन्नबाट रोक्छ ।

४) तपाईंलाई आश्चर्य लाग्न सक्छ– हरियो खुर्सानीमा प्रशस्त मात्रामा पाइने स–साना बियाँ, जुन निकै पीरो हुन्छन्, त्यसको सेवनले शरीरको तापक्रम घटाउन सघाउँछ । खाँदा रन्का छुटाउने हरियो खुर्सानीका बियाँले ब्रेनलाई कुल बनाउन सघाउँछ । त्यसैले भारतजस्तो गर्मी देशमा पनि सुर्खानीको सेवन गरिन्छ । सामान्यतया चिसो ठाउँको तुलनामा गर्मी ठाउँमै खुर्सानीको प्रयोग बढी गरेको पाइन्छ ।

५) खुर्सानीमा पाइने बियाँले नाक तथा पिनासमा पनि फाइदा पु¥याउँछ । यसले फ्लुविरुद्ध लड्ने क्षमता बढाउँछ । साथै, पिनासको संक्रमणमा फाइदा पु¥याउँछ ।

६) खुर्सानीबाट उत्पन्न हुने तापले पीडा कम गर्न सघाउँछ । यसले पाचनप्रक्रियामा पनि सघाउँछ । साथै, अल्सरविरुद्ध लड्न सहयोगी हुन्छ । तर, कडा अल्सर हुनेले धेरै मसालेदार खाना खानुहुँदैन ।

७) भिटामिन सी, बेटाक्यारोटिनले भरपूर हरियो खुर्सानी आँखा तथा छालालाई स्वस्थ राख्न र रोगप्रतिरोधी क्षमता बढाउन पनि सहयोगी छ । तर, हरियो खुर्सानीलाई चिसोमा स्टोरेज गर्नुपर्छ । किनकि, तातो, उज्यालो तथा हावाको संसर्गले यसमा अन्तर्निहित भिटामिन सी नष्ट हुन्छ ।

८) हरियो खुर्सानीको सेवनले तपाईंको मुड फ्रेस हुन्छ ।

९) हरियो खुर्सानीले ब्लड सुगर नियन्त्रण गर्न सघाउँछ । मधुमेहका रोगीका लागि पनि यो उपयोगी छ ।

१०) हरियो खुर्सानी आइरनको प्राकृतिक स्रोत हो । त्यसैले आइरनको कमी भएका मानिसले यसको भरपूर लाभ लिन सक्छन् ।

११) हरियो खुर्सानीमा पाइने एन्टिब्याक्टेरियल गुणले छालामा हुने संक्रमणविरुद्ध लड्न सघाउँछ ।

१२) हरियो खुर्सानीमा पाइने भिटामिन केले प्रोस्टियोपोरोसिसको जोखिम घटाउँछ । साथै, दुर्घटना तथा चोटपटकमा रगत बढी बग्नबाट जोगाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय