पूर्वमुमाबडामहारानी शाह २ सातापछि डिस्चार्ज

हेल्थपोस्ट नेपाल

 

पूर्वमुमाबडामहारानी रत्नराज्यलक्ष्मी शाह दुई साताको उपचारपश्चात् स्वास्थ्यलाभसँगै सोमबार अस्पतालबाट डिस्चार्ज भएकी छिन् ।

स्वास्थ्यमा समस्या देखिएपछि २१ फागुनमा थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा भर्ना भई उपचार गराइरहेकी ९१ वर्षीया शाहलाई सोमबार डिस्चार्ज गरिएको अस्पतालले विज्ञप्तिमार्फत जानकारी दिएको छ । रगतमा संक्रमणका कारण अस्पताल पुर्याइएकी शाहको पछिल्लो स्वास्थ्यअवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

पूर्वमुमाबहामहारानी शाहसँगै पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वमहारानी कोमल शाहले मुमाबडामहारानी शाहको उपचारमा संलग्न चिकित्सक, अस्पतालका कर्मचारी, व्यवस्थापन तथा स्वास्थ्यलाभको कामना गर्ने सम्पूर्ण शुभेच्छुकलाई धन्यवाद दिएको समेत अस्पतालले जनाएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *