चिडियाको सकसको अन्त्य

आज सबै सकसको अन्त्य भयो, सबै पीडाको अन्त्य भयो । आफ्नै मनले सम्म धोका दिएको संसारमा सबै दुःख र पीडाको इतिश्री भयो । चिडियाको अमर तर अकथित आत्माले चिडियाजस्तै उडेर सायद स्थानान्तरण गरेको हुनुपर्छ, चिडियाको पार्थिव शरीरबाट दिक्क भएर । ऊर्जाविहीन मन र तंग्रिन नखोजेको शरीरको अवस्थामा आत्मा एक्लो परेछ सायद ! त्यसैले प्राणवायु खिचेर आफैँसँग लग्यो र छुट्कारा पायो, १ सय २७औँ दिनमा । निकै सकसका साथ छुट्कारा पायो, तेस्रोपटकको अप्रेसनपश्चात् । चिडियाको हारेको मन र कुपोषित शरीरसामु चिकित्साशास्त्रका सबै प्रयास विफल हुन पुगे । ओझेलको पात्र चिडियाको एउटा सकसको कथा कसैलाई थाहा नहुने गरी अन्त भयो । यस्ता त समाजमा हजारौँ पात्र होलान् ।

चिडियाको अमर तर अकथित आत्माले चिडियाजस्तै उडेर सायद स्थानान्तरण गरेको हुनुपर्छ, चिडियाको पार्थिव शरीरबाट दिक्क भएर । ऊर्जाविहीन मन र तंग्रिन नखोजेको शरीरको अवस्थामा आत्मा एक्लो परेछ सायद ! त्यसैले प्राणवायु खिचेर आफैँसँग लग्यो र छुट्कारा पायो, १ सय २७औँ दिनमा । निकै सकसका साथ छुट्कारा पायो, तेस्रोपटकको अप्रेसनपश्चात् । चिडियाको हारेको मन र कुपोषित शरीरसामु चिकित्साशास्त्रका सबै प्रयास विफल हुन पुगे ।

सम्झना छ अझै मलाई, ४ महिनाअघि एमर्जेन्सी ड्युटीमा ‘एउटा बेड छ, कसलाई लिएर जाम ?’ भन्दै थिएँ । त्यो सुनेर सिस्टरले सपाट उत्तर दिनुभएको थियो, ‘चिडियालाई लिएर जानुस् ।’ एमर्जेन्सीमा आफ्नै होस गुम्लाजस्तो भिड हुन्छ । एउटा कुनाको बेडमा टुसुक्क बसेकी अन्दाजी ३० वर्षकी एउटी महिला, पुरानो, मैलो पहिरन, जीर्ण शरीर, मलीन चेहरा, गलेको स्वर, थकित मन, चिडियालाई वर्णन गर्न सकिने विशेषण यिनै मात्र होलान् । फुलेको अनुहारमा कान्ति पूरै उडेको र आशाको त्यान्द्रो मुस्किलले भेटिने त्यो चेहरामा समाजको एउटा पूरै कथा दबिएको महसुस हुन्थ्यो । साथमा हेरचाह गर्ने चिडियाका श्रीमान् भने मायालु देखिन्थे । त्यतिखेर पनि आँखा टल्पल–टल्पल थिए उनका र आज पनि उस्तै । जीवनसंगिनीप्रतिको उनको रेखदेख र मायाप्रति सधैँ म नतमस्तक रहेँ ।

पाँचौँ दिनमा बल्ल भाग्यले मिचिएको पालो आएको थियो, चिडियाको । उनको भनिदिने मान्छे कोही थिएन नि त ! नफुटेको निरीह स्वर सुनिन ५ दिन लागेछ । न उनी बोल्न सकिन्, न त उनका श्रीमान् नै । कोट–सोट लगाएका भए कसैको दृष्टिमा पर्थे कि !

पाँचौँ दिनमा बल्ल भाग्यले मिचिएको पालो आएको थियो, चिडियाको । उनको भनिदिने मान्छे कोही थिएन नि त ! नफुटेको निरीह स्वर सुनिन ५ दिन लागेछ । न उनी बोल्न सकिन्, न त उनका श्रीमान् नै । कोट–सोट लगाएका भए कसैको दृष्टिमा पर्थे कि ! उनलाई त त्यही इमर्जेन्सी नै भर्ना गर्ने ठाउँ लागेको रहेछ । ठूलो अस्पतालको भिड मानेका रहेछन्, एउटै बेडमा दुई–तीनजना । सामाजिक सकस बोकेको सिंगो कथा लुकेका चिडियाजस्तैका लागि सबैले काम गर्नुपर्ने हैन र ? म त केवल भर्ना मात्रै गर्न सक्थेँ । बाँकी बेडसंख्या आदिको आयतन विकास गर्न मेरो हस्ताक्षर निरीह थियो र आज पनि असमर्थ छु । पावर भएका हास्ताक्षर कूटनीति र राजनीतिमै सक्रिय छन् सायद, झिनामसिना मानिने हाम्रा व्यथामा कसले चासो दिने र !

उपचार त बेसी समाजको अज्ञानता, अशिक्षा र विपन्नताको हुनु जरुरी देखिन्छ, जुन अज्ञानताले चिडिया हेयकी पात्र हुन पुगिन्, जुन अशिक्षाले आत्मनिर्भर हुन सकिनन्, जुन विपन्नताले मन कुँडिन पुग्यो । पुरानो भइसकेको नयाँ नेपालमा आउँदो भविष्यमा चिडियाका जस्ता मलिन अनुहारहरू उज्याला अनुहारमा बदलिन सकून्, कामनाबाहेक के गर्न सकिएला र !

उपचार त उनको चलेकै थियो । रोग न हो, कुनैले कलेजो समात्छ, कुनैले मस्तिस्क त कुनैले किड्नी आदि । चिडियाको भने किड्नी समातेछ । प्रोटिन नअडिने रोग लागेछ, पिसाबमा प्रोटिन चुहिने रोग । औषधिोपचार नगरेको पनि होइन । औषधि खाँदा पनि बिसेक नभएकाले मन थाकेछ सायद । डाक्टरलाई त पिसाबको प्रोटिन जोखेर कम भएपछि ठिक हुँदै गरेको भन्ने लागेको हो । चिडियाले त्यो के बुझ्नु र ! उनले त फुलेको शरीर र फुलेको मुख मात्रै बुझ्ने त हो । त्यसैले होला आफ्नो सुधार नहुने र खर्चिलो उपचार देखेर इहलीला समाप्त गर्ने प्रयास गरेकी । एसिड पिउने आँट गरेर आफूलाई समाप्त गर्ने विफल प्रयास गर्न पुगिन् । आर्थिक विपन्नताले निम्त्याएको मनको सकस चिडियाको शारीरिक सकसमा उत्रिन पुगेको थियो । आन्द्राको नली साँघुरो हुन पुगेछ । खाएको नअडिने र बान्ता हुने भएर आएकी चिडिया सधैँ मलिन र निन्याउरो देखिइन् । उपचार त बेसी समाजको अज्ञानता, अशिक्षा र विपन्नताको हुनु जरुरी देखिन्छ, जुन अज्ञानताले चिडिया हेयकी पात्र हुन पुगिन्, जुन अशिक्षाले आत्मनिर्भर हुन सकिनन्, जुन विपन्नताले मन कुँडिन पुग्यो । पुरानो भइसकेको नयाँ नेपालमा आउँदो भविष्यमा चिडियाका जस्ता मलिन अनुहारहरू उज्याला अनुहारमा बदलिन सकून्, कामनाबाहेक के गर्न सकिएला र !

पहिलो अप्रेसन नै कठिन, दोस्रो अप्रेसन उस्तै कठिन हुँदै गयो । थाकेको मनलाई चिकित्सकीय उपचारले ऊर्जा दिन सकेन । मरेको आशामा बाँच्ने प्रेरणा जगाउन सकिएन । जीर्ण शरीरले लड्न सकेन, रोगसँग । ऊर्जाविहीन मनले शरीर जीर्ण बनाउँदै लग्यो । बिस्तारै आशा मर्दै गयो र इहलीला समाप्त भयो । यो सबै नमिठो शृंखलाको बिउ धेरै पहिले समाजमा रोपिएको हो, अशिक्षा, अज्ञानता र विपन्नताको बिउ । रोग कुनै अंगमा मात्रै नलाग्ने रहेछ, सँगसँगै मनमा पनि लाग्ने रहेछ । मनमा ऊर्जा नभरी औषधिले मात्र काम गर्दैन, रोग परास्त पनि हुँदैन । समाजको पीडा र सकसको उपचार देशको उपचार पद्धतिको सहजता र सर्वसुलभतामा बढी निर्भर गर्छ, सथसाथै उपचारमा संलग्न स्वास्थ्यकर्मीको मनोबल र जाँगरमा पनि । चिकित्सकलाई कुनाकाप्चामा धकेलेर मात्रै स्वास्थ्यको गुणस्तर सुनिश्चित हुँदैन भन्ने चेतना समयमै भए असन्तुष्टिको बिउ भविष्यमा उम्रिएर झाँगिने थिएन । आफूलाई त सधैँ कुनै न कुनै रूपको चिडिया हेर्ने नियति नै छ ।

( ओझेलका पात्रहरूको एउटा प्रतिनिधि पात्र)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय