बिपी कोइराला क्यान्सर अस्पतालले फार्मेसी सञ्चालन गर्ने, ६० प्रतिशतसम्म सस्तो हुने

भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आफ्नै फार्मेसी संचालन गर्ने भएको छ । अस्पतालहरुले आफ्नै फार्मेसी सञ्चालन गर्नुपर्ने सरकारी नीतिअनुसार अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गर्न लागेको हो । यसका लागि अस्पतालले २ पुसमा औषधि खरिद गर्न आह्वान गरेको थियो ।

अस्पताल सञ्चालन भएसँगै महंगो हुने क्यान्सरको औषधि आम विरामीलाई सहुलियतमा उपलब्ध हुने अस्पतालको विश्वास छ । अस्पतालले बजार मुल्यको ६० प्रतिशत भन्दा सस्तोमा औषधि उपलब्ध गराउने जनाएको छ ।

आह्वान गरेपश्चात मध्यप्रदेश पब्लिक हेल्थ सर्भिसेसको कर्पोरेसनको सिलो कम्पनी छानिएकोमा कम्पतीविरुद्ध उजुरी परेको छ ।
अस्पतालले कम्पनीलाई असअहिले हामीले आशय पत्र दिएपछि सबै कुरा टुंगो लागि नसकेको अस्पतालले जनाएको छ । ‘यो बर्षदेखि सञ्चालन गर्ने लागेका हौ । तर, कुनै कम्पनीसँग सम्झौता भइसकेको छैन् ।’ अस्पतालका डा. विजय आचार्यले बताए ।
उनले आसयपत्र दिएपनि पनि टेन्डर परेका कम्पनीबारे छानविन भइरहेको सुनाए । ‘उजुरी परेको कम्पनीको औषधिको बारेमा छानबिन गरेर मात्र औषधि ल्याउनको लागि पहल गर्छौ ।’ डा. आचार्यले भने ।

यसका लागि नेपाल सरकारको औषधि नियमनकर्ता निकाय औषधि व्यवस्था विभागसँग समन्वय गरेरै काम गर्ने उनले बताए । आचार्य भन्छन्,‘ विभागलेस् वीकृत नगरेको औषधि कुनै पनि हातलमा नेपालमा ल्याउन मिल्दैन, त्यसको लागि विभागसँग परामर्श गरिरहेका छौ ।’ उनले भने ।
टेन्डर आह्वान गरेर फार्मेसी औषधि ल्याएसंगै बिरामीरुलाई सम्रगमा ६० प्रतिशत सम्म सहुलियत हुने भनाई अस्पतालको छ ।

लामो समयदेखि अस्पतालमा बिरामीले औषधि एमआरपी दरमा बाहिर फार्मेसिमा महंगो औषधि किन्न पर्ने बाध्यता अब हट्ने आचार्यको भनाई छ ।
सरकारको प्रचलित कानुन भन्दा बाहिर गएर कुनै पनि कम्पनीको औषधि ल्याउन नमिल्ने र नल्याउने कार्यकारी निर्देशक आचार्यले बताए । अस्पतालले फार्मेसी सेवा २४ घण्टा संचालन हुने र त्यसका लागि १० जना कर्मचारीसमेत नियुक्त गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय