नेपाल नेसनल हस्पिटलमा पनि डायलाइसिस सेवा

हेल्थपोस्ट
प्रकाशित
२०७५ चैत १ गते ११:४९

कलंकीस्थित नेपाल नेसनल हस्पिटलले डायलाइसिस सेवा सुरु गरेको छ । बिहीबार विश्व मिर्गौला दिवसको अवसर पारेर हस्पिटलले मार्क इन्टरनेसनल किड्नी सेन्टर उद्घाटन भएको हो । अस्पतालले सर्वसाधारणका लागि न्यून शुल्कमा मिर्गौलारोगको ओपिडी तथा डायलाइसिस सेवा सुरु गरेको अस्पतालले जनाएको छ ।
‘स्वस्थ मिर्गौला, स्वस्थ जीवन, स्वास्थ्यका लागि जनचेतना’ नारासहित अस्पतालले उपचारमा मात्र सीमित नभएर देशका विभिन्न भागमा पुगी मिर्गौला जोगाउन जनचेतनामूलक अभियान चलाउने योजना बताएको मिर्गौलारोग विशेषज्ञ डा. अर्चनशमशेर राणाले बताए । उनका अनुसार नवउद्घाटित सेन्टरले २४सै घण्टा डायलाइसिस सेवा प्रदान गर्नेछ । ‘न्यून आयस्तरका बिरामीलाई अस्पतालले सुलभ रुपमा सेवा प्रदान गर्छ,’ उनले भने, ‘नेपालमा बर्सेनि ३ हजार मानिसको मिर्गौला फेल हुने गरेको छ । मिर्गौला जोगाउने उपायबारे जनचेताना फैलाउन सकियो भने मिर्गौला खराबीका कारणका हुने मुत्युसंख्या घटाउन सकिन्छ ।’
अस्पतालले १० वटा डायलाइसिस मेसिन र ४ वटा ओपिडीकक्षमार्फत सेवा दिने तयारी गरेको जनाएको छ । सेन्टरमा मिर्गौलारोग विशेषज्ञ चिकित्सक ६ जना उपलब्ध छन्, जसमा कन्सल्टेन्ट डा. दिव्या सिंह शाह, डा. अर्चनशमशेर राणा, डा. सुिमत आचार्य, डा. निदन श्रेष्ठ, पेट्रियाटिक नेफ्रोलोजिस्ट डा. फिरोज अजुम र डाइटिनेसन डा. मीरा शाह छन् । अस्पतालमा जमर्नीको फेसिनिस कम्पनीको अन्तर्राष्ट्रियस्तरको मेसन उपलब्ध छ, जसमा वाटर टिकमेन्ट प्लान्ट जडान गरिएको छ ।
सरकारले उपलब्ध गराउने निःशुल्क डायलाइसिस सेवाका लागि अस्पतालले निवेदन पेस गरेको डा. राणाले जानकारी दिए । सरकारी अनुदान उपलब्ध हुनुपूर्व आमनागरिकलाई प्रतिडायलाइसिस २ हजार ५ सय रुपँया शुल्कमा सेवा दिन लागेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय