भारतमा प्रतिबन्धित औषधि खरिदको तयारीमा भरतपुर क्यान्सर अस्पताल

भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आफ्नै फार्मेसी सञ्चालनका लागि भारतमा प्रतिबन्धित औषधि खरिद गर्ने तयारी गरेको छ । भारतको मध्यप्रदेश हेल्थ सर्बिसेस काँर्पोरेसन लिमिटेड भोपालले प्रतिबन्ध लगाएको सिलोन कम्पनीका औषधि क्यान्सर अस्पतालले खरिद गर्न लागेको हो ।
सार्वजनिक खरिद ऐन र क्यान्सर अस्पतालको खरिद नियमावलीअनुसार अस्पतालले २० फागुनमा औषधि खरिदका लागि पाँचवटा औषधि विक्री केन्द्रलाई स्वीकृत गर्ने आशयको सूचना जारी गरेको छ । क्यान्सर अस्पतालले चैत्र अन्तिम सातादेखि फार्मेसी सञ्चालनका लागि १२ करोड ३० लाख ५२ हजार ३९ रूपैयाँको औषधि खरिद गर्न लागेको जानकारी दिएको छ । त्यसमध्ये भारतमा प्रतिबन्ध लगाइएको सिलोन कम्पनीका औषधि सबैभन्दा धेरै खरिद गर्न लागिएको छ ।

अस्पतालले औषधि सप्लायर्स डिके मेडिसेल्समार्फत सिलोन कम्पनीका ६ करोड ९७ लाख १ हजार रूपैयाँबराबरको औषधि खरिद गर्न लागेको हो । सो कम्पनीलाई भारत सरकारले न्यून गुणस्तरका औषधि उत्पादन गरेको भन्दै १३ अप्रिल २०१८ देखि ३ वर्षका लागि औषधि उत्पादन र विक्रीमा रोक लगाएको थियो ।

यति केयर डिस्ट्रिब्युटर्स सेन्टरबाट ३ करोड ७३ लाख ५ हजार ५ सय ५७, विजिता मेडिसियन सेन्टरबाट १ करोड ४९ लाख ९८ हजार, प्राइम लाइफ केयर सेन्टरबाट ६८ लाख ५८ हजार ८०, र फिजन केयर इन्टरनेसनलबाट ८ लाख ७३ हजार ५ सय ५७ रूपैयाँको औषधि खरिद गर्न लागिएको बोलपत्र स्वीकृत आशयको सूचनामा उल्लेख छ ।

क्यान्सर उपचारमा प्रयोग गरिने सिलोन कम्पनीका DOCETAXEL inj 120 mg,  DOXORUBICIN HCL LIPOSOME 20 mg,  CYCLOPHOSPHAMIDE 1 gm,  DACARBAZINE 200 mg,  GEMCITABINE 1.4 gm, PACLITAXEL 260 mg , PEGFILGRASTIM inj 6 mg, PEMETREXED 500 mg, TRASTUZUMAB 150 mg, ZOLEDRONIC ACID inj 5 mg औषधि अस्पतालले खरिद गर्न लागेको छ । यी सबै औषधिमाथि भारतको मध्यप्रदेश पब्लिक हेल्थ सर्विसेस काँर्पोरेसन लिमिटेडले भारतमा विक्री–वितरणमा रोक लगाएकोे छ ।

यति केयर डिस्ट्रिब्युटर्स सेन्टरबाट ३ करोड ७३ लाख ५ हजार ५ सय ५७, विजिता मेडिसियन सेन्टरबाट १ करोड ४९ लाख ९८ हजार, प्राइम लाइफ केयर सेन्टरबाट ६८ लाख ५८ हजार ८०, र फिजन केयर इन्टरनेसनलबाट ८ लाख ७३ हजार ५ सय ५७ रूपैयाँको औषधि खरिद गर्न लागिएको बोलपत्र स्वीकृत आशयको सूचनामा उल्लेख छ ।

क्यान्सर अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गर्नका लागि २ पुस २ मा औषधि खरिद गर्न बोलपत्र आह्वान गरेको थियो । त्यस्तै, २ माघमा बोलपत्रको मूल्यांकन गरी २० फागुनमा बोलपत्र स्वीकृत गर्ने आशयको सूचना जारी गरिएको थियो । सस्तोको नाममा गुणस्तरहीन औषधि प्रयोग गरेर उपचार नहुने चिकित्सकहरू बताउँछन् ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यले औषधि खरिदका लागि बोलपत्र दिएका सप्लायर्सबारे छानबिन भइरहेको जानकारी दिए । ‘औषधि सप्लायर्ससँग अझै सम्झौता गरेका छैनौँ । बोलपत्र स्वीकृत गर्ने आशयको सूचना प्रकाशन गरेका छौँ । यसमा उजुरी आएको खण्डमा हामी छानबिन गर्छौं,’ आचार्यले भने, ‘हामी सकेसम्म अवैध औषधि खरिद गर्ने पक्षमा छैनौँ ।’

क्यान्सरका बिरामीका लागि प्रयोग हुने औषधि महँगो हुने भएकाले अस्पतालले आफ्नै औषधालय सञ्चालन गर्न लागेको उनले बताए । लो विलिङका आधारमा अस्पतालले औषधि खरिद गर्न लागेको हो ।

फार्मेसी सञ्चालनका लागि १० जना कर्मचारी नियुक्त भइसकेका छन्, जसमध्ये दुईजना अधिकृतस्तरका कर्मचारी छन् । चौबीसै घण्टा फार्मेसी सञ्चालन गरिनेछ । अस्पतालको आफ्नै फार्मेसी भएपछि ६० प्रतिशतसम्म सस्तोमा बिरामीले औषधि पाउने निर्देशक आचार्यले बताए । ‘बाहिर १ लाख पर्ने औषधि हामी ४० हजार रूपैयाँमा खरिद गर्दै छौँ,’ उनले भने, ‘हामीले त्यहीअनुसार विक्री गर्दा बिरामीलाई धेरै लाभ मिल्छ ।’

अस्पतालमा हाल साझाको फार्मेसीले औषधि बिक्री गर्दै आएको छ । बिरामीले अस्पतालभित्र रहेका फार्मेसीबाट एक वर्षमा केमो मात्र २० करोडहाराहारीको खरिद गर्ने गरेको उनको भनाइ छ । हाल महँगो केमोबाट बिरामी ठगिएको गुनासा आउने गरेका छन् । औषधि महँगो हुने भएकाले क्यान्सरको उपचार खर्चिलो बन्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय