भागबन्डामा न्याम्स पदाधिकारी नियुक्त

झण्डै सात महिना लामो रस्साकसीपछि मुलुककै ठूलो सरकारी प्रतिष्ठान चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा  भागबन्डामा पदाधिकारी नियुक्त भएका छन् ।
उपकूलपति र ट्मा सेन्टरको नेतृत्व मन्त्रालय हाँकेको दललाई दिएर अन्य पदाधिकारीमा प्रधानमन्त्रीनिकटको दलले भागमा लिएको छ । जसअनुसार उपकूलपतिमा डा. डिएन साह नियुक्ती भएका छन् । नियुक्तीको टुंगिएको पुष्टि गर्दै स्वास्थ्यमन्त्रीका स्वकीय सचिव महेश चौरसियाले पत्र बुझ्न भने वाँकी रहेको बताए ।
अन्य पदमा वीरका निर्देशकमा नेकपा निकटका डा. केदार सेन्चुरी, रजिष्ट्रारमा प्रमिला देवान , रेक्टरमा हालका निमिक्त उपकूलति डा. सुवोध अधिकारी, डिनमा डा. पियुष दाहाल र ट्रमा सेन्टरको निर्देशकमा डा. प्रमोद यादव नियुक्ती भएका छन् ।
प्रधानमन्त्रीले उपकूलपति सिफारिस अड्काएर भागभण्डा टुंगिएरपछि सबै नियुक्ती एकैपटक भएको हो ।

के हुन साह ?
साडे ३४ वर्षसम्म चिकित्साशास्त्र अध्ययान संस्थान (आइओएम)मा सेवा गरेका डा.साहलाई सहकुलपति एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादबको अध्यक्षतामा गठित समितिको सिफारिसमा कुलपति एवं प्रधानमन्त्रीले उपकुलपति नियुक्ती गरेका हुन् ।

कूलपति एवं प्रधानमन्त्रीले लामो समयदेखि समितिको सिफारिस अड्काएर राखेको भन्दै सहकूलपति एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पटकपटक असन्तुष्टि प्रकट गर्दै आएका थिए ।

कुलपतिले गठन गरेको समितिले सार्वजनिक सूचनासमेत आह्वान गरेर दरखास्त आह्वान गरेर उपकुलपति छनौट सिफारिस गरेको थियो । सुरुमा २२ जनाले निवेदन दिएकोमा स्वास्थ्यमन्त्री संयोजकत्वको समितिले ६ जनालाई अन्तर्वार्ता एवं प्रस्तुतिकरणका लागि बोलाएको थियो ।

प्रस्तुति र अन्य विभिन्न मूल्यांकनका आधारमा समितिले डा.साहलाई पहिलो नम्बरमा राखेर क्रमशः डा.ढुन्डी पौडेल र डा.अजित रायमाझीको नाम सिफारिस गरेको थियो । जसमध्ये साहलाई नै नियूक्ती गरेका हुन् । स्वास्थ्यमन्त्री काठमाडौंमा नभएका कारण नियुक्ती औपचारिक रुपमा बाहिर ल्याइएको छैन र पत्रसमेत दिइसकिएको छैन् ।

आइओएममा तीन दशकभन्दा लामो समय काम गरेका साहले कर्नाटकबाट एमबिबिएस, पिजिआई चन्डीगढबाट नेत्ररोग विशेषज्ञ (पिजी), नेशनल आई इन्टिच्युट युएसएबाट फेलोसिप गरेका छन् । साहले साढे ७ वर्षसम्म विपी कोइराला नेत्र अध्ययन केन्द्रको निर्देशक भएर काम गरेका थिए भने एक कार्यकाल महाराजगञ्ज मेडिकल क्याम्पसको प्रमुख समेत भएर काम गरेका थिए । वीर अस्पतालबाटै सरकारी सेवा सुरु गरेका साह सुनसरीमा जन्मिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय