गण्डकीका थप २३ विद्यार्थीको कलेज सञ्चालकविरुद्ध प्रहरीमा जाहेरी दरखास्त, सवा करोड ठगी विवरण पेस

कास्कीको पोखरास्थित गण्डकी मेडिकल कलेजका छैटौँ ब्याच (सन् २०१५)का २३ विद्यार्थीले आफूहरूसँग कलेज सञ्चालकले सरकारले तोकेको शुल्कभन्दा करिब सवा करोड बढी रकम असुल गरी ठगी गरेको भन्दै सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दरखास्त पेस गरेका छन् । निवेदक विद्यार्थीले कलेजले विभिन्न डर, धम्की दिँदै मानसिक तनावसमेत सिर्जना गरी प्रतिविद्यार्थी १ लाख ५० हजारदेखि ६ लाख ९५ हजारसम्म अवैध शुल्क हालसम्म असुल गरिसकेकाले ठगी गर्ने कलेजसञ्चालकलगायतसँग रकम फिर्ता गराई दोषीउपर फौजदारी कसुरबमोजिम कानुनी कारबाहीको समेत माग गरेका छन् ।

विद्यार्थीले शीर्षकअनुसार कलेजले असुलेको अतिरिक्त रकमको विवरण जाहेरी दरखास्तमा उल्लेख गरेका छन् । विद्यार्थीपिच्छे मोलमोलाइमा ठगी गरिएको रकमको फरक–फरक राशिको विवरण पेस गर्दै विद्यार्थीले कलेजले सो रकम आफ्नो खातामा नभई कर्मचारी तथा अन्य व्यक्तिको खातामा जम्मा गर्न लगाएको समेत किटानी जाहेरी दिएका छन् । कलेजले सरकारले तोकेको ३८ लाख ५० हजारका अतिरिक्त अन्य शुल्कका नाममा प्रतिविद्यार्थी ८ लाख ५० हाजर रूपैयाँ अवैध असुल गरेको विद्यार्थीको जाहेरीमा उल्लेख छ । किस्ताबन्दीमा शुल्क बुझाउन तोकिएको ५०, ३० र २० प्रतिशतको नियमको समेत पालना नगरिएको विद्यार्थीले प्रहरीसँगको जाहेरीमा बताएका छन् । रकम तिरेको रसिद माग्दा कलेजले केही विद्यार्थीलाई मात्र दिएको र केहीलाई नदिएको विद्यार्थीको भनाइ छ । जाहेरी दरखास्तमा कतिपय विद्यार्थीले तिरेको रकम कलेजको लेखा शाखामा कार्यरत कर्मचारीहरूले आफ्नो व्यक्तिगत खातामा राखेको उल्लेख छ । सरकारले परीक्षाशुल्क २५ सय तोकेकोमा कलेजले ६५ सय असुल्दै आएको जाहेरी विद्यार्थीले दिएका छन् ।

यसअघि ५३ करोड रूपैयाँ ठगी गरेको आरोपमा अध्ययनरत विद्यार्थीले उजुरी दिएपछि पक्राउ पुर्जी जारी गरिएका गण्डकी मेडिकल कलेजका सञ्चालकमध्ये ८ जना फरार छन् । दुईजनालाई पक्राउ गरी ठगी मुद्दा दर्ता गरिएको छ ।

कलेजका सञ्चालक खुमा अर्यालसहित प्रमुख प्रशासकीय अधिकृत कृष्ण घिमिरे, प्राधानाध्यापक रवीन्द्रप्रसाद श्रेष्ठ, फाइनान्सियल कन्ट्रोलर युवराज शर्मा, लेखा शाखा प्रमुख हरिमाया पौडेल, प्रमुख कार्यकारी अधिकृत सन्तोष खनाल, परीक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मा, स्टोर किपर कृष्ण पौडेललगायतले आफूहरूलाई ठगी गरेको जाहेरी दिँदै विद्यार्थीले रकम फिर्ता गराई निजहरुउपर हदैसम्मको कानुनी कारबाहीको माग गरेका छन् । कसैलाई फकाएर, कसैलाई झुक्याएर त कसैलाई धोका दिएर बेइमानीपूर्वक ठगी गरी आफूहरूको आर्थिक र मानसिक हानि पुर्याएको जाहेरी दिएका विद्यार्थीले दोषीमाथि छानबिनसहित कारबाहीका लागि निवेदन गरेका छन् । साथै, आफूहरूलाई परीक्षामा सामेल हुनबाट समेत वञ्चित गरिएकाले विशेष व्यवस्था गरी परीक्षा दिने अवसर दिलाउनसमेत विद्यार्थीले माग गरेका छन् ।

यसअघि ५३ करोड रूपैयाँ ठगी गरेको आरोपमा अध्ययनरत विद्यार्थीले उजुरी दिएपछि पक्राउ पुर्जी जारी गरिएका गण्डकी मेडिकल कलेजका सञ्चालकमध्ये ८ जना फरार छन् । दुईजनालाई पक्राउ गरी ठगी मुद्दा दर्ता गरिएको छ । पूर्वसिइओ सन्तोष खनाल र परीक्षानियन्त्रक लक्ष्मणप्रसाद शर्मालाई प्रहरीले पक्राउ गरिसकेको छ । अदालतको अनुमतिले जिल्ला प्रहरी कार्यालय कास्कीले १० जनाको नाममा पक्राउ पुर्जी जारी गरेको थियो ।

निवेदकले अन्तरिम आदेश जारी गर्न माग गरे पनि अदालतले विपक्षीका नाममा कारणदेखाउ आदेश जारी गरेको थियो । न्यायाधीश जगतप्रसाद श्रेष्ठको इजलासले १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश जारी गरेको अदालतका नासु रामप्रसाद न्यौपानेले जानकारी दिए ।

फरार ८ जनामध्ये ६ जनाले उच्च अदालत पोखरामा पक्राउ पुर्जीविरुद्ध निवेदन दर्ता गराएका छन् । २३ फागुनमा अध्यक्ष खुमा अर्यालले वारेसमार्फत निवेदन दिएका थिए । निवेदकले अन्तरिम आदेश जारी गर्न माग गरे पनि अदालतले विपक्षीका नाममा कारणदेखाउ आदेश जारी गरेको थियो । न्यायाधीश जगतप्रसाद श्रेष्ठको इजलासले १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश जारी गरेको अदालतका नासु रामप्रसाद न्यौपानेले जानकारी दिए । अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न अदालतले २९ फागुनमा दुवै पक्षलाई बोलाएको छ । २३ फागुनमा रिट दर्ता भए पनि २४ र २५ गते सार्वजनिक बिदा परेकाले आइतबार मात्रै सुनुवाइ भएको हो ।

अध्यक्ष अर्यालले गैरकानुनी काम नगरेको बताउँदै आएका छन् । विद्यार्थीले १५ लाख रूपैयाँभन्दा बढी प्रतिविद्यार्थी अतिरिक्त शुल्क असुलेको आरोप लगाएर ५३ करोडभन्दा बढी ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय र सम्पत्ति शुद्धीकरण विभागमा उजुरी दिएका थिए । सन् २०१५ देखि २०१८ सम्मको ब्याचका एमबिबिएस र बिएनएसका विद्यार्थीले उजुरी दर्ता गराएका हुन् । तोकिएभन्दा बढी लिइएको शुल्क फिर्ता पाउनुपर्ने, सरकारको नियमअनुसार कलेज सञ्चालन गर्नुपर्नेलगायत ४ बुँदे माग राखेर विद्यार्थीहरू १६ माघदेखि आन्दोलनमा छन् । उनीहरूको आन्दोलनका कारण कलेज पूर्ण रूपमा ठप्प छ भने अस्पतालको ओपिडीकक्षमा पनि तालाबन्दी कायमै छ ।

विद्यार्थीको ठगी उजुरीमाथि छानबिन सुरु भएपछि अध्यक्ष अर्याल, प्रशासन प्रमुख कृष्णराज घिमिरे, प्राचार्य एवं प्रमुख कार्यकारी अधिकृत रवीन्द्रप्रसाद श्रेष्ठ, लेखानियन्त्रक युवराज शर्मा, प्रशासनमा रहेर रकम उठाएको आरोप लागेका दिनेश पौडेल र हरि ढुंगाना फरार थिए । यस्तै, लेखाकै हरिमाया पौडेल र प्रशासनका कृष्ण पौडेललाई पनि पक्राउ पुर्जी जारी गरिएको छ । जिल्ला प्रहरी कार्यालयले फरार व्यक्तिहरूको खोजी भइरहेको बताउँदै आएको छ । अस्पतालका सञ्चालकहरू गैरकानुनी रूपमा पक्राउ पूर्जी जारी गरिएको भन्दै त्यसको विपक्षमा अदालत पसेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय