स्वास्थ्य क्षेत्रका संवाहक : नारी

हेल्थपोस्ट नेपाल
अच्युतशाली घिमिरे 
जीवनलाई प्रेमपूर्ण बनाएर
हरेक क्रुरताहरुलाई
सजिलै निभाउने,
शीतल निर्मल
आभासहरु पैदा गर्ने,
अमृतका ज्योतिहरु फिजाउने
करुण सहानुभूतिमा वियोगिने
यौवन आँखाहरुमा हाँसिदिने
मानवताको विशाल धर्मलाई
हृदयगम गर्ने
स्वास्थ्य क्षेत्रका नारीहरु
साच्चै नै महान छन्!!
नारी
ति महिला स्वयंसेविका हुन् कि
ति अनमि र एचए हुन् कि
ति नर्स वा चिकित्सक नै हुन्,
त्यो क्युरेटिभ होस् वा प्रमोटिभ
होस् वा प्रिभेन्टिभ नै
नारी बिनाको
स्वास्थ्य क्षेत्र अकल्पनिय छ,
विभिन्न कार्यक्रम मार्फत
गाँउ घरमा
स्वास्थ्य शिक्षा दिने
पोषणयुक्त खाना खान प्रेरित गर्ने
खोपका कार्यक्रमहरु चलाउने
परिवार नियोजन सम्बन्धी सूचना
प्रवाह गर्ने
महिला स्वयंसेविकाहरुलाई सलाम छ,
सेतो गाउनमा सजिएर
बिरामीलाई औषधि खुवाउने
स्याहार सुसार गर्ने
सुई दिने रक्तचाप नाप्ने
प्रसव गराउने
शल्यक्रियामा सहयोग गर्ने
वार्डको वातावरण व्यवस्थापन गर्दै
उचित परामर्शका साथ
बाच्ने प्रेरणा जगाउने
नारी नर्सहरुलाई सलाम छ,
सेतो एप्रोन र इस्थेतमा
सजिएर
पूर्ण रुपमा शारीरिक मानसिक र सामाजिक रुपमा
रोगीको रोग निको पार्न
चाहे त्यो मेडिसिन होस्
वा सर्जरी वा प्रसुती-स्त्री
वा ईमेरजेन्सी होस्
हरेक डिपार्टमेन्टमा
दिन रात खटिएर
कुशल चिकित्सा प्रदान
गर्ने नारी चिकित्सकहरुलाई सलाम छ,
लाखौ लाख सलाम
यी योद्धाहरुलाई
जो अस्पतालको प्रशासक देखि
बिरामीको शिक्षिकाको रुपमा
गाँउ देखि शहर सम्म
रोग लाग्नै नदिन र
लागेको रोग संग लड्न
आफ्ना साथी संगी
घर परिवार नातागोता
मोज मस्ति
सबै त्यागेका छन्!!
आधा आकाश
धान्ने
नारी जातीका
हक अधिकार र सम्मानका कुरालाई
एउटा घर एउटा समाज एउटा सिङ्गो राष्ट्र अनि विश्वले मनन गर्नु छ,
नारी बिनाको संसार कति निरस हुन सक्छ???
पितृसत्तात्मक परिपाटीका
कारण
ओझेलमा परेका
नारीका अरु हक जस्तै
स्वास्थ्यसेवाका हकमा पनि
प्राविधिक उन्नति र सुधारवादी
चेतना विस्तार गर्नै पर्छ,
यी जोस र जागरहरुलाई
संस्थागत विकास गर्नै पर्छ,
तब मात्र
समुन्नत स्वास्थ्य
र सुखी नेपालीको
यात्रा सम्भव देखिन्छ!
स्वास्थ्यमा अझ आमूल परिवर्तन
ल्याउन
नारी आफै पनि केही गरेर देखाउने बेला आएको छ,
हरेक वर्ष दिवस मनाउदैमा अर्थ रहदैन
रुढिवादी परम्परा र विभेद अन्त्यका लागि
नारी आफैमा
शारीरिक,मानसिक बौद्धिक र आध्यात्मिक रुपमा
सशक्तिकरणको खाँचो देखिन्छ,
आरक्षणमा मात्र सिमित भएर होइन
प्रत्यक्ष सहभागी भएर
क्षमता अभिवृद्धि गर्नु पर्ने खाँचो देखिन्छ,
परिस्थितिलाई दोषी बनाएर होइन
अनुकूल सोच राखेर
हरेक गुनासा,चिन्ता,तनाव,अज्ञानता,अन्याय र अभावलाई
उर्जा र उद्देश्यमा
परिवर्तन गर्नु
आजको आवश्यकता देखिन्छ!!!


Leave a Reply

Your email address will not be published. Required fields are marked *