सहमतिमा टुंगियो उपचार गर्न आएका बालकमाथि चिकित्सकको थप्पड प्रकारण

हेल्थपोस्ट नेपाल

लुम्बिनी प्रादेशीक अस्पताल बुटबलमा दाँतको उपचार गर्न आएका एक ७ बर्षीय बालकलाई चिकित्सकले थप्पड हानेपछि उत्पन्न विवाद सम्झौतामा टुंगिएको छ । दाँतमा उपचारका लागि आमासँग लुम्बिनी प्रादेशीक अस्पताल आएका रुपन्देहीको तिलोतमाका बालक अबिनास बिश्वकर्मालाई अस्पतालमा कार्यरत चिकित्सक डा. हेमन्तराज पाठकले थप्पड हानेपछि अस्पतालमा तनाव उत्पन्न भएको थियो ।

घटनापछि आफन्तले नाराबाजी गरेपछि दिउँसो अस्पतालमा प्रहरीको उपस्थिती बाक्लिएको थियो । सोलगतै चिकित्सक भागेर आफै प्रहरी कार्यालय पुगेका थिए । थप्पडबाट पिडीत बालकको स्वास्थ्य असर परेको भए डाक्टरले उपचार गरिदिने सहमती भएपछि कुरा मिलेको इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपि) डिलबहादुर मल्लले बताए । मल्लका अनुसार डाक्टर पाठक र पिडीत परिवारबीच आपसी छलफलपछि मिलापत्र भएको हो ।

दाँतको उपचार गर्दा बालक रोएको र केही चलेपछि उपचारमा संलग्न डाक्टरले थप्पड हानेर गालो रातै गराईदिएको पिडीत बालककी आमा कमला बिश्बकर्माको भनाई छ । बालक कुटेर डाक्टर भाग्दै प्रशासनतिर आएपछि आक्रोसित भिडले अस्पतालमा केहीबेर डाक्टरको कावाहीको माग गर्दै नाराबाजी गरेका थिए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *