पूर्व मुमा बडामहारानीलाई रगतमा संक्रमण, सेता रक्तकोष बढेर ३० हजार

हेल्थपोस्ट नेपाल

नर्भिक अस्पतालमा उपचाररत पूर्व मुमा बडामहारानी रत्नराज्यलक्ष्मी शाहको रगतमा कडा खालको संक्रमण भएको चिकित्सकहरुले बताएका छन् ।

लामो विरामीपछि मंगलबार अस्पताल भर्ना भएकी ९१ वर्षे शाहको शरीरमा सेतारक्तकोषको मात्रा ३० हजार पाइएको थियो । सामान्य अवस्थामा यो उमेरको व्यक्तिमा ३ हजार ५ हजार प्रति एमसिएल हुनुपर्छ ।

पहिलो दिनको सुधार देखेर चिकित्सकहरु आशावादी भएको र आइतबारसम्ममा थप अवस्था भन्न सकिने चिकित्सकहरुको भनाई छ ।

उपचारमा संलग्न एक चिकित्सकका अनुसार एन्टिवायोटिक्स सुरु गरेको पहिलो दिनमै ५ हजारले घटेर २५ हजारमा झरेको थियो । पहिलो दिनको सुधार देखेर चिकित्सकहरु आशावादी भएको र आइतबारसम्ममा थप अवस्था भन्न सकिने चिकित्सकहरुको भनाई छ ।
एकसातादेखि खोकीको सामाना गरिरहेकी उनलाई पिसाब र दिशामासमेत समस्या देखिएपनि मंगलबार अस्पताल भर्ना गरिएको थियो । उनको उपचारमा डा. ब्रजेन्द्र श्रीवास्तव, डा. खगेन्द्रबहादुर श्रेष्ठलगायतका टीम सक्रिया छ ।
पछिल्लो समय रत्नको हेरचाह परिवारका तर्फबाट पारसले गरिहेका छन् । यसैबीच आमा विरामी भएपछि तराई भ्रमणमा रहेका पूर्व राजा ज्ञानेन्द्र पनि बुधबारै काठमाडौ फर्किएका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *