प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज

हेल्थपोस्ट नेपाल
डिस्चार्ज भएपछि डा. शाह र डा. सायमीसँग प्रम ओली : तस्वीर सामाजिक सञ्जाल

प्रधानमन्त्री केपी शर्माओली नियमित स्वास्थ्य परीक्षणपछि बुधबारै अस्पतालबाट डिस्चार्ज भएका छन् ।
जाँचका लागि भन्दै बुधबार विहान मनमोहन कार्डियो थोरासिस एण्ड टन्सप्लान्ट सेन्टरमा गएका उनलाई चिकित्सकहरुले दिनभर भर्ना गरेर सिसियूमा राखेका थिए । मुटु, मिर्गौलालगायतका महत्वपूर्ण अंगको अवस्था परीक्षणपछि कुनै खरावी नदेखिएको भन्दै चिकित्सकहरुले बुधबारै डिस्चार्ज गरेका हुन् ।
यसअघि नियमित स्वास्थ्य जाँचका लागि बैंकक जाने गरेका ओली केही समयदेखि जान नपाएपछि नेपालीमा जाँच गरिएको भनाई चिकित्सकहरुको छ । पछिल्ला दिनमा व्यस्तता र धपेडी बढेसँगै केही असहज महसुस गरेपछि निर्धारित कार्यक्रम स्थगित गरेर उनलाई अस्पताल पुर्याइएको थियो ।
ओलीको उपचारमा निजी चिकित्सक एवं मिगौला रोग विशेषज्ञ डा. दिव्यसिंह शाह, डा. अरुण सायमीलगायतका चिकित्सक संलग्न थिए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *