गण्डकी मेडिकल कलेजका सञ्चालकसहित १० विरुद्ध पक्राउ पुर्जी जारी

मनपरी शुल्क असुलेको भन्दै ठगी मुद्धामा विद्यार्थीको उजुरीपछि गण्डकी मेडिकल कलेजका सञ्चालक खुमा अर्यालसहित १० जनाविरुद्ध अदालतको अनुमति लिएर जिल्ला प्रहरी कार्यलयले पक्राउ पुर्जी जारी गरेको छ । विद्यार्थीको उजुरीपछि जिल्ला अदालतले १० जनालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयलाई बुधबार अनुमति दिएको हो ।

कलेजका अध्यक्ष खुमा अर्याल, प्रिन्सिपल रवीन्द्र श्रेष्ठ, लेखा प्रमुख यूवराज शर्मा, लेखाकै हरिमाया पौडेल, प्रशासनतर्फका दिनेश पौडेल, पूर्व प्रमुख कार्यकारी अधिकृत सन्तोष खनाल, कलेजका कर्मचारीहरु तिलक पौडेल, लक्ष्मणप्रसाद शर्मा, कृष्ण पौडेल र कृष्ण घिमिरेलपक्राउ पुर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए ।अदालतबाट अनुमति पाएपछि पक्राउका लागि बुधबार प्रहरी परिचालित भएको स्रोतले जनाएको छ ।

उनीहरु विरुद्ध कलेजको एमबिबिएस अध्ययनरत ३ विद्यार्थीले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी दिएका थिए भने बुधबार नर्सिङ तर्फका १५ जना विद्यार्थीले पनि जिल्ला प्रहरी कार्यालय कास्कीमा ठगीको उजुरी दर्ता गराएका छन् । मनपरी शुल्क असुलीविरुद्ध करिव एक महिनादेखि आन्दोलनरत विद्यार्थीहरुले आफ्नो माग पूरा नभएपछि कानुनी बाटो खोजेका हुन् ।

सरकारले काठमाडौंबाहिरका लागि ४२ लाख ४५ हजार र भित्रका लागि ३८ लाख ५० हजार शुल्क तोके पनि गण्डकी मेडिकल कलेजले विना रसिद १० देखि १५ लाख रुपैयाँसम्म अतिरिक्त शुल्क लिएको विद्यार्थीको आरोप छ । विद्यार्थीको आरोपलाई नेपाल मेडिकल काउन्सिलबाट गएको अध्यायन टोलीले समेत पुष्टि गरिसकेको छ ।
माघ तेस्रो सातादेखि आन्दोलतरत विद्यार्थी धर्नासँगै अस्पतालमा तालाबन्दीसमेत गरिसके पनि सञ्चालकले सुनुवाई गरेका थिएनन् । विद्यार्थीले दिएको उजुरीमा कलेज प्रशासनले विभिन्न धम्की दिएर अतिरिक्त शुल्क तिर्न बाध्य बनाएको, विद्यार्थीपिच्छे फरक शुल्क असुलेको आरोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय