बिरामीको ज्यान आखिर बचाउँछ कसले ?

५ वर्ष पुरानो घटना अझै बारम्बार सम्झिन्छु, मैले रौतहटका एक ५५ वर्षीय पुरुषमा एन्जिओग्राम गर्दा उनको लेफ्ट कोरोनरी आर्टरी करिब ९५ प्रतिशत थुनिएको थियो । मुटुमा रगत सञ्चालन गराउने यो आर्टरीमा ब्लकेज निकै घातक हुन्छ । उनलाई बाइपास सर्जरीका लागि रेफर गरिएको थियो, तर उनी उक्त सर्जरीका लागि आवश्यक २ लाख जोहो गर्न असमर्थ थिए । बिरामीले दुई दिनदेखि छातीको दुखाइ अनुभूत गरिरहेका थिए ।
उनले मलाई ओपिडीमा भेटेर आफूसँग मात्र १ हजार १ सय रूपैयाँ भएको कुरा बताए । एक इन्टरभेन्सनल मुटुरोग विशेषज्ञ भएका नाताले म सजिलै परिस्थितिको गम्भीरता बुझ्न सक्थेँ । यस्तो अवस्थामा छातीको दुखाइ हुनु भनेको हामीसँग दुईवटा मात्रै विकल्प हुन्छन्, कि त थुनिएको आर्टरी खोल्नुस्, या त मृत्युलाई स्विकार्नुस् ।

अन्य धेरै विकासोन्मुख देशमा जस्तै नेपालमा पनि एक गरिब बिरामीको ज्यान जोगाउनका खातिर राज्यले सरकारी तथा गैरसरकारी स्वास्थ्य संस्थामा आकस्मिक व्यवस्था गरेको छैन । मेरो विचारमा जब एउटा बिरामी अस्पताल पुग्छ, कुनै पनि हालतमा अस्पतालले उसको ज्यान जोगाउनुपर्छ, भलै ऊसँग एक पैसा पनि नभएको किन नहोस् । यो आधारभूत मानवअधिकार पनि हो र राज्यको उसका नागरिकप्रतिको जिम्मेवारी पनि ।
अन्य अस्पतालमा जस्तै हाम्रोमा पनि यस्ता बिरामीलाई यो जीवनोपयोगी सेवा एन्जियोप्लास्टी फ्रीमा प्रदान गर्ने व्यवस्था थिएन (त्यसवेला मैले काम गर्ने मनमोहन कार्डियक सेन्टर) । यद्यपि, यसको उपचार खर्च २ लाख छ, बिरामीलाई भर्ना गरियो । उनलाई अस्पताल भर्ना गर्नेक्रममा हामी सबैखाले दुर्घटनाको सामना गर्न मानसिक रूपमा तयार थियौँ ।

फेरि सिसियू गएँ, बिरामी भेट्न । उनले मलाई मैथिली भाषामा भने, ‘आँहा हमर भगवान् छी, हमर जान बचा देली’ । उनको त्यो वाक्यले मेरो मुहारमा सदाझैँ मन्द मुस्कान छायो, जुन कुनै नौलो थिएन । चिकित्सकले प्रायः यी दुई लाइन सँगै सुन्ने अवसर प्राप्त गर्छन् । यस्ता शब्दले हामीलाई सदैव राम्रो काम गर्न प्रेरित गर्छन् ।

जतिवेला म भारतस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्समा डिएम कार्डियोलोजी अध्यनरत थिए, त्यतिवेलै मैले परिकल्पना गरेको थिएँ, एकदिन म आफ्नो देशमा यस्ता गरिब जनताको ज्यान जोगाउन केही गर्नेछु । तर, जब मैले अवसर पाएँ, परिस्थिति मेरो सोचभन्दा प्रतिकूल थियो । अस्पताल भर्नापछि मैले ती बिरामीको रेखदेख थालेँ । भर्ना गरिएकै दिन मैले फ्री स्टेन्ट (एन्जियोप्लास्टी गर्नेवेला आर्टरी खुलाउनका लागि प्रयोग गरिने महँगो यन्त्र)को व्यवस्था गरेँ ।

कुनै पनि हालतमा ती बिरामीको ज्यान जोगाउनेबारे म सोचिरहेको थिएँ तर उनको स्वास्थ्य निरन्तर खस्किरहेको थियो । निरन्तर हाम्रो व्यवस्थापनका बाबजुद उनी एक बिहान अचानक बेहोस भए । डिएम रेजिडेन्ट डाक्टरले उनलाई तत्काल स्टेबल पार्नुभयो, त्यसपछि उनले छातीको दुखाइ महसुस गर्न थाले र इसिजी रिपोर्टमा पनि कडाखालको हृदयाघातको लक्षण देखियो ।

मैले तत्कालै उनलाई क्याथल्याब (एन्जियोप्लास्टी गर्ने विशेषकक्ष)मा लगेँ । उनको अवस्था अत्यन्तै नाजुक थियो । रक्तचाप घटेर ३० एमएमएचजी पुगेको थियो । उनको बन्द रक्तनली खोलियो (एन्जियोप्लास्टी गरियो) । उनको मुटुको देब्रे मुख्य आर्टरी लगभग शतप्रतिशत थुनिएको थियो । यो एन्जियोप्लास्टीको पूरा प्रक्रियाका लागि करिब २० मिनेट लाग्यो, तत्कालै रक्तचाप बढेर १ सय ३० एमएमएचजी पुग्यो ।

हामीले एन्जियोप्लास्टीमा राम्रो नतिजा प्राप्त गर्यौँ, क्याथल्याबका सम्पूर्ण टिम खुसी भयौँ र बिरामी तत्कालै सिसियूमा सारियो । बेडमा सार्नेक्रममा उनले पनि सहभागी सम्पूर्ण चिकित्सकलाई धन्यवाद दिए र भने, ‘तपाईंहरूले मेरो ज्यान जोगाउनुभयो ।’ उनी आफू बाँचेकोमा खुसी थिए र मुस्कुराइरहेका थिए । हामी पनि प्रफुल्ल थियौँ र नहुनु पनि किन, विश्वको जुनसुकै ठाउँमा पनि इन्टरभेन्सनल कार्डियोलोजीका लागि चुनौती मानिने त्यो उपचारमा हामीले सफलता हासिल गरेका थियौँ । समयमै एन्जियोप्लास्टी गर्दा पनि यस्तो केसमा मात्रै ५० प्रतिशत बिरामी बाँच्छन् । हाम्रो सन्दर्भमा त यो एउटा चमत्कारभन्दा कम थिएन ।

एउटा चिकित्सक, अर्थात् बिरामीको उपचारमा संलग्न जो–कोहीका लागि बिरामी बाँच्नुभन्दा खुसीको कुरा केही हुँदैन । त्यसैले हामी पनि यो केसमा अलि बढी उत्साहित हुनु स्वाभाविक नै थियो । यो प्रक्रियाबाट बिरामीको ज्यान मात्रै बचेको थिएन कि, थप महत्वपूर्ण कुरा यो बाइपास सर्जरीविनै गरिएको थियो ।
सम्पूर्ण प्रक्रियापछि म ओपिडी गएँ र सम्पूर्ण केस सकाएर खाना खाने सोचका साथ घर गएँ । ४ बजिसक्दा पनि मलाई भोक थिएन र राम्ररी खान पनि सकिन, धेरै उत्साहित भएका कारण ।

घरमा खाना खाने समयमा मैले मेरा अभिभावक र श्रीमती सबैसँग त्यो दिनबारे कुरा गरेको थिएँ । उहाँहरू दुई कारणले निकै खुसी हुनुहुन्थ्यो । पहिलो, मैले कसैको ज्यान बचाएँ र दोस्रो म खुसी थिएँ । म सँधै घरका सदस्यसँग अस्पतालको कामबारे कुरा गर्थें । उहाँहरू सधैँ मेरो सफलताका लागि प्रार्थना गर्नुहुन्थ्यो, विशेषगरी जब मेरो हातमा कुनै चुनौतीपूर्ण काम आइपथ्र्यो ।

मेरा बाबाले महाभारतको एउटा घटना सधैँ सम्झाउने गर्नुहुन्थ्यो– ईश्वर सबै जीवित र अजीवित प्राणीमा वास गर्नुहुुन्छ र त्यसको कामलाई सुचारु गर्नुहुन्छ । हिन्दू भएको नाताले मलाई गीता र भगवान्मा उत्तिकै आस्था छ र त्यसैले यो वाक्यको सत्यतालाई पूर्ण विश्वास पनि गर्छु । मैले धेरै सोचेँ, बारम्बार सोचेँ र अन्ततः एउटा निष्कर्षमा पुगेँ– न मैले, न मेरो टिमले, न मेरो अस्पतालले उसको ज्यान बचायो, बचाउने त ईश्वर हुन्, हामी त एउटा माध्यम मात्रै हौँ । उहाँ (ईश्वर)ले आफ्नो प्राणीलाई जोगाउन यस्तो काम गर्न हामीलाई प्रेरित गर्नुहुन्छ, अवसर प्रदान गर्नुहुन्छ र सबैकुराको व्यवस्थापन गर्नुहुन्छ ।

फेरि सिसियू गएँ, बिरामी भेट्न । उनले मलाई मैथिली भाषामा भने, ‘आँहा हमर भगवान् छी, हमर जान बचा देली’ । उनको त्यो वाक्यले मेरो मुहारमा सदाझैँ मन्द मुस्कान छायो, जुन कुनै नौलो थिएन । चिकित्सकले प्रायः यी दुई लाइन सँगै सुन्ने अवसर प्राप्त गर्छन् । यस्ता शब्दले हामीलाई सदैव राम्रो काम गर्न प्रेरित गर्छन् ।

तर, वास्तवमा सबै चिकित्सकलाई थाहा हुन्छ कि ऊ आफू को हो । उनीहरूलाई राम्रोसँग थाहा छ, उनीहरू अरूसरह सामान्य मानिस नै हुन् । उनीहरू भगवान् र मानिसबीचको भेद राम्रोसँग जान्दछन् । तर पनि उनीहरू कसैले भगवान् भनिदिँदा प्रफुल्ल हुन्छन्, किन ? मलाई थाहा छैन । म पनि जान्न चाहन्छु, यदि कुनै चिकित्सकलाई थाहा छ भने !

मेरो विचारमा मात्र एउटा फिलोसोफीले यसको व्याख्या गर्न सक्छ । प्रसिद्ध धार्मिक ग्रन्थ गीतामा लेखिएको छ–

ईश्वरः सर्वभूतानां हृद्देशेऽर्जुन तिष्ठति ।
भ्रामयन्सर्वभूतानि यन्त्रारूढानि मायया ।।

ठेट अर्थ : हे अर्जुन ! ईश्वर सबै प्राणीको हृदयमा विराजमान छन् र शरीररूप यन्त्रमा आरूढ भएर सबै प्राणीलाई (कर्मअनुसार) आफ्नो मायाको माध्यमले घुमाइरहन्छन् ।

भावार्थ : ‘प्रत्येक जीवित प्राणीको आत्मा अमर हुन्छ र मृत्युपछि आत्मा परमात्मामा लीन हुन्छ । अर्थात्, आत्मा परमात्माको अंश हो, जसको वास भगवान्ले सिर्जना गरेका प्रत्येक प्राणीमा हुन्छ । हरेक जीवित प्राणीमा सर्वशक्तिमान् ईश्वरको अंशले वास गरेको हुन्छ ।

एन्जियोप्लास्टीपछि बिरामी सामान्य अवस्थामा आए र ४ दिनपछि पूर्णतया स्वस्थ अवस्थामा डिस्चार्ज भए । बिरामीले औषधि खरिद गर्न नसक्ने देखेर थप ३ महिनाका लागि निःशुल्क औषधि उपलब्ध गरायौँ । तर, अझै पनि एउटा प्रश्नले मेरो दिमागको घण्टी बजिरहन्छ– उनको जीवन कसले बचायो ? मैले, क्याथल्याब टिमले वा अस्पतालले ?

मेरा बाबाले महाभारतको एउटा घटना सधैँ सम्झाउने गर्नुहुन्थ्यो– ईश्वर सबै जीवित र अजीवित प्राणीमा वास गर्नुहुुन्छ र त्यसको कामलाई सुचारु गर्नुहुन्छ । हिन्दू भएको नाताले मलाई गीता र भगवान्मा उत्तिकै आस्था छ र त्यसैले यो वाक्यको सत्यतालाई पूर्ण विश्वास पनि गर्छु । मैले धेरै सोचेँ, बारम्बार सोचेँ र अन्ततः एउटा निष्कर्षमा पुगेँ– न मैले, न मेरो टिमले, न मेरो अस्पतालले उसको ज्यान बचायो, बचाउने त ईश्वर हुन्, हामी त एउटा माध्यम मात्रै हौँ । उहाँ (ईश्वर)ले आफ्नो प्राणीलाई जोगाउन यस्तो काम गर्न हामीलाई प्रेरित गर्नुहुन्छ, अवसर प्रदान गर्नुहुन्छ र सबैकुराको व्यवस्थापन गर्नुहुन्छ । जो डाक्टर भाग्यमानी हुन्छन्, उनीहरूले यस्ता मौका धेरै पाउँछन् । म त्यही भाग्यमानीमध्येको एक हुँ र ममाथि यस्तै ईश्वरको कृपा बनिरहोस् भन्ने चाहन्छु ।
मेरी आमा जो यो लेखिरहँदा मेरो आडैमा बसिरहनुभएको थियो, उहाँले सायद मेरा बाबाले भनेको पूरै बुझ्नुभएको थिएन होला । तर, मलाई थाहा छ, उहाँले छोराको भावना पक्कै बुझिरहनु भएको थियो होला ।

5 thoughts on “बिरामीको ज्यान आखिर बचाउँछ कसले ?

  1. धन्यवाद डा.ॐ दिन दुःखीको सेवा गर्दै जानोस आशिरवाद अवश्य पाइन्छ।

  2. धन्यवाद हजुरको पेशागत महानता को लागि। स्बास्थ्यक्षेत्र लाई ब्यापार बनाई बिना पैसा बोल्न पनि नचाहाने स्वार्थी चिकित्सक हरूको बोलबाला भयेको यो देशमा हजुरले गर्नु भयेको कर्म महान छ। अन्य चिकित्सक लाई पनि सद्बुद्धि मिलोस।

  3. Maile Dr. Saab Hajur ko yo mahan karya paile padheko thye google ma search garda veteko bela, mahabharat ra shrimad Bhagwat geeta ma pani thulo anunyai hu sir hajur ko karya manab jivan ko nimti gariyeko lekhajokha ma hoina ki bhagwan chitragupta ko punya ma hisab garinxa hajur ko jai hos thank you alot Dr. Saab

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय