नेकपा नेता भरतमोहन अधिकारीको निधन

हेल्थपोस्ट
प्रकाशित
२०७५ फागुन १८ गते २३:३४

ह्याम्स अस्पतालमा उपचाररत नेकपा नेता एवं पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको शनिबार राति ९.३५ बजे निधन भएको छ ।
२३ दिनदेखि अस्पतालमा उपचाररत ८२ वर्षे अधिकारी लामो समयदेखि मुटु र फोक्सोसम्बन्धी रोगबाट पीडित थिए ।

शनिबार राति अस्पतालले एक विज्ञाप्ति जारीगरी निधनको पुष्टि गरेको हो । यसअघि मेडिसिटी अस्पतालमा उपचाररत उनलाई ह्याम्समा सारिएको थियो । अस्पताल सारेपछि उल्लेख्य सुधार भएको भनिएपछि पछिल्ला तीन दिन यता स्वास्थ्य क्रमिक रुपमा खस्कँदै गएको र मल्टिअर्गान फेलियर भएर निधन भएको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय