‘विश्व श्रवणशक्ति दिवस’का अवसरमा नर्भिकले निःशुल्क जाँच तथा परामर्श सेवा उपलब्ध गराउने

हेल्थपोस्ट नेपाल

विश्व श्रवणशक्ति दिवसका अवसरमा थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले बिरामीलाई निःशुल्क स्वास्थ्यपरीक्षण सेवा दिने भएको छ । अस्पतालको नाक–कान–घाँटी विभागले १९ फागुनमा पर्ने विश्व श्रवणशक्ति दिवसका अवसरमा बिरामीलाई निःशुल्क चेकजाँचसेवा उपलब्ध गराउन लागेको हो । विश्व स्वास्थ्य संगठनले यस वर्षको श्रवणशक्ति दिवको नारा ‘आफ्नो श्रवणशक्ति जाँचौँ’ तय गरेको छ ।

पछिल्लो समय विशेषगरी विकासशील र अल्पविकसित मूलुकहरूमा तीव्र गतिमा बढ्दै गएको प्रदूषणले मानिसको श्रवणशक्तिमा ह्रास ल्याउँदै गएको छ । ध्वनि प्रदूषण, वायु प्रदूषण, कोलाहल, विविध संक्रमणलगायतले मानिसको श्रवणशक्तिमा नराम्रो असर पुगिरहेको छ । त्यसमा पनि अत्यधिक ध्वनिसहितका कल–कारखाना, विमानस्थलवरपरका बासिन्दा, अनियन्त्रित सार्वजनिक यातायातका ध्वनि, लामो समय ठूलो आवाजसहित एयरफोन प्रयोग गर्ने बानी, चर्को आवाजसहितका मनोरञ्जनात्मक क्रियाकलाप तथा श्रवणशक्तिमा ह्रास ल्याउने कानका केही संक्रमणले मानिसको श्रवणशक्तिमा ह्रास ल्याउने मात्र नभई बहिरोपनसमेत निम्त्याउने जोखिम छ ।

हाल विश्वभर करिब ४६ करोड मानिस श्रवणशक्ति ह्रास हुने समस्याबाट पीडित छन् । यसमध्ये बालबालिका मात्रै करिब ३४ करोड छन् ।
नेपालको सन्दर्भमा आधिकारिक तथ्यांक उपलब्ध नभए पनि श्रवणशक्ति ह्रास हुने समस्याबाट पीडितको संख्या अत्यधिक भएको अनुमान लगाउन सकिन्छ ।

त्यसैले बहिरोपनबाट जोगिन समयमै श्रवणशक्तिको जाँच र उपचार गराउनु आवश्यक छ । समयमै श्रवणशक्ति ह्राससम्बन्धी समस्याको पहिचान, निदान एवम् उपयुक्त उपचार गराएको खण्डमा श्रवणशक्ति जोगाउन र बहिरोपनबाट सकिन्छ । यसै तथ्यलाई मध्यनजर गरी श्रवणशक्तिको नियमित परीक्षण गराउन प्रोत्साहनार्थ निःशुल्क परीक्षण सेवा दिन लागेको नर्भिकले जनाएको छ ।

हाल विश्वभर करिब ४६ करोड मानिस श्रवणशक्ति ह्रास हुने समस्याबाट पीडित छन् । यसमध्ये बालबालिका मात्रै करिब ३४ करोड छन् ।
नेपालको सन्दर्भमा आधिकारिक तथ्यांक उपलब्ध नभए पनि श्रवणशक्ति ह्रास हुने समस्याबाट पीडितको संख्या अत्यधिक भएको अनुमान लगाउन सकिन्छ । मानिसको श्रवणशक्ति ह्रास हुनुका प्रमुख कारणहरूमा खोपद्वारा नियन्त्रण गर्न सकिने केही संक्रमणहरू पनि छन् ।

दादुरा, गलगाँड र रुवेलालगायत रोगको संक्रमणले श्रवणशक्तिमा ह्रास ल्याउन महत्वपूर्ण भूमिका खेल्छन् । त्यसैगरी क्षयरोग र मलेरियाविरुद्धका केही औषधि पनि श्रवणशक्ति ह्रासका कारण हुन् । चर्को आवाज निकाल्ने कल–कारखाना, लगातार चर्को स्वरमा सुनिने/गरिने मनोरञ्जनात्मक क्रियाकलापले पनि क्रमिक रूपमा श्रवणशक्तिमा ह्रास पुर्याइरहेका हुन्छन् ।

श्रवणशक्तिमा अएको ह्रासका कारण मानिसले विविध कठिनाको सामना गर्नुपर्ने हुन्छ । श्रवणशक्तिमा आउने ह्रासले व्यक्तिगत सञ्चार क्षमतामा ह्रास आउनुका साथै परिवारिक व्यवहार र सामाजिकीकरणमा समेत असर पुर्याउँछ । त्यसैगरी श्रवणशक्तिमा आउने ह्रासले व्यक्तिको सिक्ने क्षमतामा कमी आउनुका साथै काम र जीवनप्रतिको उत्साहमा कमी ल्याउँछ । यसभन्दा पनि जोखिमको विषय भनेको श्रवणशक्तिमा आउने कमीले व्यक्तिमा परिवार र समाजमा एक्लोपनको महसुस गराउने खतरा हुन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *