बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रौनियारलाई पदमुक्त गर्न सिनेटको सिफारिस

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. राजकुमार रौनियारलाई पदमुक्त गर्न सिफारिस गरिएको छ । शुक्रबार प्रतिष्ठानका सहकुलपति तथा उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको अध्यक्षतामा बसेको प्रतिष्ठानको सिनेट बैठकले डा. रौनियारलाई उपकुलपतिबाट पदमुक्त गर्न प्रतिष्ठानका कुलपति एवम् प्रधानमन्त्री केपी ओलीसमक्ष सिफारिस गरेको हो ।

न्याम्सको उपकुलपति नियुक्ति सिफारिसमाथि कुनै कारबाही नगरी झन्डै आधा वर्षदेखि अड्काउँदै आएका प्रधानमन्त्री ओलीले प्रतिष्ठानका उपकुलपति डा. रौनियारलाई पदमुक्त गर्ने सिफारिस कार्यान्वयनमा कस्तो तत्परता देखाउलान्, त्यो भने हेर्न बाँकी नै छ ।

डा. रौनियारलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन माओवादी पार्टीबाट आफू प्रधानमन्त्री हुँदा प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेका थिए । स्वास्थ्यमन्त्री यादवले केही समयदेखि डा. रौनियारलाई पदमुक्त गर्न कसरत गरिरहेका थिए । यसबीचमा मन्त्री यादवले बोलाएको सिनेटको बैठक तीनपटकसम्म बस्न सकेको थिएन ।

सिनेटको सिफारिससँगै डा. रौनियारको उपकुलपति पद प्रधानमन्त्री ओलीको हातमा गएको छ । प्रतिष्ठानको कुलपतिको रूपमा प्रधानमन्त्रीले सिनेटको सिफारिसका अधारमा उपकुलपतिलाई पदमुक्त गर्न सक्नेछन् । न्याम्सको उपकुलपति नियुक्ति सिफारिसमाथि कुनै कारबाही नगरी झन्डै आधा वर्षदेखि अड्काउँदै आएका प्रधानमन्त्री ओलीले प्रतिष्ठानका उपकुलपति डा. रौनियारलाई पदमुक्त गर्ने सिफारिस कार्यान्वयनमा कस्तो तत्परता देखाउलान्, त्यो भने हेर्न बाँकी नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय