मन्त्री पुनको मुटुको चालमा समस्या, अझै केही दिन अस्पताल राखिने

हेल्थपोस्ट नेपाल

छातीमा दुखाईपछि विहीबार नर्भिक इन्टरन्यासनल अस्पताल भर्ना गरिएका ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनको मुटुको चाल अनियन्त्रित देखिएको चिकित्सकहरुले बताएका छन् ।

औषधिपछि मुटुको चाल केही नर्मल भए पनि अझै केही दिन अस्पतालमै राखिने उपचारमा संलग्न वरिष्ठ मुटुरोग विशेषज्ञ डा. यादवदेव भट्टले जानकारी दिए । ‘अहिले चाल ठिक छ, तर केही दिन अस्पतालमै राखेर हेरेपछि भन्न सकिन्छ,’ भट्टले भने ।

पुल्चोकस्थित मन्त्री क्वार्टरको शौचालयमा रिंगटा लागेर लडेपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल पुर्याइएको थियो ।
मन्त्री पुनलाई भेट्न नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’ र सभामुख कृष्णबहादुर महरा पुनलगायत उच्च अधिकारीहरु विहीबारै अस्पताल पुगेका थिए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *