हेलिकप्टर दुर्घटनाका मृतकको ‘एन्टीमर्टम’ सकियो

पर्यटन मन्त्री रविन्द्र अधिकारीसहित सातको ज्यान जानेगरी बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा मृतककाको शबको पोष्टमाटर्म सकिएको छ । दुर्घटनाका मृतकहरुको शब जलेर पहिचान गर्न नसक्ने भएसँगै विशेष खालको पोस्टमार्टम ‘एन्टीमर्टम’ गर्नुपर्ने भएको विहान साढे १ बजेतिर सकिएको अस्पतालको फरेन्सिक मेडिसिन विभागले जनाएको छ ।

शव विहीबार दिउसो नै अस्पताल ल्याइपुर्याइएको भएपनि वृहत परीक्षण गरेर पहिचान गर्नुपर्ने भएकोले समय लागेको हो । राति ८ बजेसम्म नै ‘एन्टिमर्टम’ प्रक्रिया पोष्टमार्टम भन्दा फरक हुने भएकाले पहिचान गर्न एन्टीमर्टम डेटा कलेकसन भइरहेको थियो ।

चिकित्सकहरुका अनुसार लाशहरु पूर्ण रुपमा नचिनिने अवस्थामा मृतकका परिवारको डाटा लिएर सबै लाशको डाटासँग म्याच गराएर परिक्षण गर्नुपर्छ । विहानै आफन्तले शव बुझेपछि अन्तिम श्रद्धाञ्जलीका लागि खुल्लामञ्चमा राखिएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय