मन्त्रीसहित ७ को ज्यान जानेगरी भएको हेलिकप्टर दुर्घटनापछि गोदानको आन्दोलन तीन दिनलाई स्थगित

हेल्थपोस्ट नेपाल

संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री रविन्द अधिकारीसहित ७ जनाको ज्यान जानेगरी बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनापछि सरकारी चिकित्सक संघ, नेपाल (गोदान)ले जारी स्वास्थ्य सेवा बहिस्कारलगायतका आन्दोलनका कार्यक्रम स्थगित गरेको छ ।

गोदानले साँझ विज्ञाप्तिजारी गरी आकस्मिक बाहेकका सेवा अनिश्चितकालिन बहिष्कार गर्ने भनेको भए तापनि राष्ट्रिय सोकको घडीलाई मध्येनजर गर्दै तीन दिनका लागि कार्यक्रमहरू स्थगन गरेको जनाएको छ ।

संघले राज्यलाई थप वार्ता, छलफल र सहमतिबाट नै समस्याको समाधान निकालेर आइतबार सम्ममा अप्रिय आन्दोलन रोज्नै नपर्ने गरी ठोस पहल गर्न समेत आग्रह गरेको छ ।

यसैगरी संघले स्वास्थ्य मन्त्रालयको बुधबार साँझ जारी गरेको चेतवनीयुक्त विज्ञप्ति प्रति समेत ध्यानाकर्षण भएको जनाएको छ ।
संघको आन्दोलनबाट हुन जाने सम्पूर्ण समस्याको जिम्मेवारी सहमति गरेर कार्यान्वयन नगरेको स्वास्थ्य मन्त्रालयले नै लिनुपर्ने जनाएको छ ।



Leave a Reply

Your email address will not be published.