बिहीबार उपत्यकामा पानी पर्ने शुक्रबारबाट मौसममा सुधार

पश्चिमी वायुको प्रभावका कारण देशभर मौसममा बदली भएको छ । बुधबार दिउँसो काठमाडौं उपत्यकामा केहीछिन पानी पर्ने र केहीबेर घाम लाग्नेक्रम जारी रह्यो ।

बिहीबार बेलुकीसम्म पनि देशका मध्य, पश्चिम र पूर्वी भूभागमा मौसम बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ‘पश्चिमी भूभागका अधिकांश स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुनुका साथै मध्य र पूर्वका अधिकांश स्थानमा हक्का वर्षा भइरहेको छ,’ मौसमविद् शान्ति कँडेल भन्छिन्, ‘देशको उच्च हिमाली भूभागमा हिमपात भइरहेको छ ।’

शुक्रबारबाट मौसममा क्रमिक सुुधार आउने महाशाखाले जनाएको छ । बुधबार काठमाडौंको न्यूनतम तापक्रम ८ दशमलव ६ डिग्रीसम्म झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय