सरकारी चिकित्सकका दुई मागप्रति गैरसरकारी चिकित्सकको असन्तुष्टि

स्वास्थ्यविज्ञान प्रतिष्ठानहरूका पदाधिकारी सरकारी चिकित्सक मात्रै हुने गरी स्वास्थ्य मन्त्रालय र सरकारी चिकित्सक संघ, नेपाल (गोदान)बीच भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै आएको गैरसरकारी चिकित्सक संघ, नेपालले पुनः असहमति व्यक्त गरेको छ । मंगलबार विज्ञप्ति जारी गर्दै गैरसरकारी चिकित्सक संघले ३० पुसमा मन्त्रालय र सरकारी चिकित्सकबीच भएको ८ बुँदे सहमतिका ४ र ६ नम्बर बुँदाप्रति आफ्नो असहमति रहेको संघका महासचिव डा. रितेश थापाद्धारा जारी विज्ञाप्तिमा उल्लेख छ ।

कसैको करकाप वा दबाबमा आएर ८० प्रतिशतभन्दा बढीको संख्यामा रहेका गैरसरकारी चिकित्सकहरूको योगदानको अवमूल्यन हुने गरी उनीहरूको मर्म र भावनाविपरीत कुनै पनि सम्झौता नगर्न संघले विज्ञप्तिमार्फत सरकारसँग अपिल गरेको छ ।

चिकित्सकहरू स्वयम्ले एक–अर्काविरुद्ध परस्पर विरोधी माग सरकारसमक्ष तेस्र्याएपछि आन्दोलनकारीलाई गलाउन छिद्र नियालिरहेको सरकारले चिकित्सकको विभाजनभित्र खेल्ने मौका अवश्य पनि पाउनेछ, जुन समग्र चिकित्सको पेसागत हितप्रतिकूल बन्न सक्ने अनुमान गर्न सकिन्छ ।

सरकार–गोदान सहमतिको ४ नम्बर बुँदामा एउटै छाता ऐन ल्याई स्वास्थ्यविज्ञान प्रतिष्ठानहरूलाई व्यवस्थित गर्ने र हालसम्म प्रतिष्ठानअन्तर्गत सञ्चालनरत सम्पूर्ण अस्पताल नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत नै रहने र सोका कार्यकारी प्रमुख स्वास्थ्यसेवाको कर्मचारीमध्येबाट नियुक्ति गर्न आवश्यक व्यवस्था बढाउने उल्लेख छ । त्यसैगरी, सहमतिको ६ नम्बर बुँदामा रहेको स्वास्थ्यसेवातर्फको ११औँ तहमा खुला प्रतियोगिताबाट पदपूर्ति गर्ने व्यवस्था हटाउने विषयमा गैरसरकारी चिकित्सकको असन्तुष्टि छ ।

यसरी चिकित्सकहरूबीचमै एक–अर्काका मागप्रति असन्तुष्टि देखिनुले पनि गोदानसँगको सम्झौता कार्यान्वयनलाई अनिश्चित बनाउन मद्दत पुगेको छ । चिकित्सकहरू स्वयम्ले एक–अर्काविरुद्ध परस्पर विरोधी माग सरकारसमक्ष तेस्र्याएपछि आन्दोलनकारीलाई गलाउन छिद्र नियालिरहेको सरकारले चिकित्सकको विभाजनभित्र खेल्ने मौका अवश्य पनि पाउनेछ, जुन समग्र चिकित्सको पेसागत हितप्रतिकूल बन्न सक्ने अनुमान गर्न सकिन्छ ।

भोलीबाट सेवा बहिस्कार
समायोजनमा भएको विभेदविरुद्ध आन्दोलनरत सरकारी चिकित्सकले दिएको ७२ घण्टे अल्टिमेटम सकिन लाग्दासमेत सरकारले माग सुनुवाइ नगरेपछि सरकारी चिकित्सकले आन्दोलन चर्काउने भएका छन् ।
सरकारी चिकित्सक संघ, नेपाल (गोदान)ले बुधबारदेखि देशैभरिका सरकारी स्वास्थ्य संस्थाहरु आकस्मिक बाहेक अन्य स्वास्थ्य सेवा बहिस्कारको घोषणा गरेका छन् । संघले यसबीचमा २. सो अल्टिमेटम समयमा सबै सरकारी अस्पताल प्राङ्गणमा बिहान १० देखि ११ बजे विरोध तथा सचेनताको धर्ना दिने कार्यक्रम भने खासै प्रभावकारी हुन सकेन ।
यसबीचमा सरकारी पक्षसँग वार्ता भएपनि निष्कर्ष ननिस्किएपछि संघका चिकित्सकले बुधबारदेखि बन्द र सामूूहिक राजिनामाको कार्यक्रम घोषणा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय