स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव, प्रतिनिधिसभामा छलफल

हेल्थपोस्ट नेपाल

स्वास्थ्य बिमालाई प्रभावकारी बनाउनदै गुणस्तरीय औषधि, इर्मजेन्सी र आइसियुसहित सुविधासहित सातै प्रदेशमा विस्तार गर्न संघीय संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल सुरु भएकाे छ ।

नेकपाका सांसद खगराज अधिकारीले दर्ता गराएको प्रस्तावमा नेकपाकै अन्जना विशंखे र मनकुमार जिसीलाई समर्थन गरेका छन् । सो प्रस्तावमा छलफलमा भाग लिँदै करिव ७ प्रतिशत मात्रै जनताले बिमा गराएको र ५० प्रतिशतभन्दा बढिले नवीकरण नगरेको बताए ।
देशभरका अस्पतालहरुमा पूर्वाधार कम्जोर हुनु, राम्रा व्यवस्थापन नहुनुजस्ता कारणले सेवाको स्तर खस्किएको र त्यसैका कारण विमा प्रभावकारी हुन नसकेको भनाई अधिकारीको थियो ।

प्रस्तावमाथि बोल्दै समर्थक विशंखेले विमा ऐनअनुसार निर्देशिका बनाएर देशभर विस्तार गर्नुपर्नेमा जोड दिइन् । उनले सरकारी अस्पतालका सेवा प्रभावकारी हुन नसकेको भन्दै दशकै प्रमुख अस्पताल वीर रहेको प्रतिष्ठान लामो समयदेखि पदाधिकारीविहीन रहेको बताइन् ।
अर्का समर्थनक शर्माले विमा नविकरण नगर्नुका कारण औषधिको गुणस्तरमा समेत समस्या रहेको भन्दै त्यसमा सुधारको आवश्यकता भएको बताइन् ।

छलफलमा बोल्दै नेपाली कांग्रेसकी पुष्पा भुषालले खगराज अधिकारी स्वास्थ्यमन्त्री हुँदा पाइलटको रुपमा ल्याएको र गगन थापा हुँदा ऐन ल्याएको भन्दै लागू गने क्रममा आएको समस्या सुधारमा ठोस काम गर्नुपर्ने बताइन् ।उनले दुर्गममा भन्दा राजधानीकै अस्पतालको अवस्था दयनीय भएको बताइन् ।

अर्का सांसद रामकुमारी झाक्रीले विमा ऐनले सबैलाई एउटै विमा रकम तोक्नु न्यायोचित हो कि हैन् भनि प्रश्न गरिन् ।  उनले विमा प्रणालीको स्वारुपमै वहस गर्नुपर्ने बताइन् । उनले राज्य विमक बनेर विमाको नाममा व्यापार हुन दिन नहुने बताइन् । आशाकुमार विकले लासलाई पोसमार्टन गर्नसमेत डाक्टर नहुने जिल्लावासीका लागि स्वास्थ्य विमा कति प्रभावकारी भइरहेको छ भनेर प्रश्न गरिन् । उनले विमाको प्रक्रिया नबुझेर जनता झन्झटिलो भएको बताइन् ।
अर्की सांसद बिमला विकले बाच्नलाई भन्दा उपचारलाई बढी खर्च लाग्ने अवस्था आएको भन्दै गरिवले तिरेको विमाको प्रतिफलमा प्रश्न उठाइन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *