गोदानको आन्दोलनमा एनएमएको ऐक्यबद्धता, सरकार–चिकित्सक वार्ता निष्कर्षविहीन

नेपाल चिकित्सक संघ (एनएमए)ले सरकारी चिकित्सक संघ नेपाल (गोदान)को कर्मचारी समायोजनविरुद्धको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । सोमबार विज्ञप्ति जारी गर्दै एनएमएले गोदानको मागप्रति संवेदनशील हुन सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।

नयाँ संगठन संरचनाअनुसार समायोजन गर्दा चिकित्सकको मागलाई ध्यान दिन पटक–पटक ध्यानाकर्षण गराउँदासमेत सरकारले कुनै चासो नदेखाएको भन्दै एनएमएले आपत्ति प्रकट गरेको छ । स्वास्थ्यक्षेत्र ज्यादै संवेदनशील र जटिल भएकाले चिकित्सकीय पेसा अवलम्बन गर्नेले समयसापेक्ष अध्ययन गरिराख्नुपर्ने, वृत्त–विकासका विभिन्न गतिविधिमा निरन्तर समावेश हुनुपर्ने यथार्थलाई ध्यानमा राखेर मात्र समायोजन गरिनुपर्ने ठहर एनएमएको छ ।

नयाँ संगठन संरचना र त्यसअनुसारको कर्मचारी समायोजनका प्रावधानविरुद्ध आन्दोलनरत सरकारी चिकित्सक संघ (गोदान) र सरकारबीचको सोमबारको वार्ता विनानिष्कर्ष टुंगिएको छ । बिहान १० बजे सुरु भएको वर्तामा सरकारी वार्ताटोली र चिकित्सकबीच २ घण्टाभन्दा बढी छलफल भएको थियो ।

सरकार–चिकित्सक वार्ता असफल
नयाँ संगठन संरचना र त्यसअनुसारको कर्मचारी समायोजनका प्रावधानविरुद्ध आन्दोलनरत सरकारी चिकित्सक संघ (गोदान) र सरकारबीचको सोमबारको वार्ता विनानिष्कर्ष टुंगिएको छ । बिहान १० बजे सुरु भएको वर्तामा सरकारी वार्ताटोली र चिकित्सकबीच २ घण्टाभन्दा बढी छलफल भएको थियो ।

मन्त्रालयबाट गठित सरकारी वार्ताटोलीमा स्वास्थ्यराज्यमन्त्री डा. सुरेन्द्रकुमार यादव, सचिव डा. पुष्पा चौधरी र अर्का सचिव चन्द्रकुमार घिमिरे छन् । सरकारी टोलीसितको वार्तामा चिकित्सकका तर्फबाट गोदानका अध्यक्ष डा. दीपेन्द्र पाण्डे र एनएमएका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ सहभागी थिए ।

वार्तापछि गोदानका अध्यक्ष डा. पाण्डेले अझै पनि सरकार चिकित्सकको मागप्रति सकारात्मक हुन नसकेको जानकारी दिए । ‘सरकारी टोली र हामीबीच २ घण्टाभन्दा बढी समय छलफल भयो,’ डा. पाण्डेले भने, ‘तर, उहाँहरू हाम्रा मागप्रति पूर्ण रूपमा सकारात्मक बन्न सक्नुभएन ।’

डा. पाण्डेका वार्तामा चिकित्सकको माग कुन प्रक्रियाबाट सम्बोधन गर्ने भन्ने विषयमा छलफल भएको थियो । गोदानले सरकारलाई दिएको ७२ घण्टे अल्टिमेट यथावत् रहेको जानकारी दिँदै डा. पाण्डेले चिकित्सकका माग सम्बोधन नभएमा आन्दोलनका कार्यक्रम जारी राख्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय