देउसी–भैलो खेलेर क्लबले थाल्यो एम्बुलेन्स सेवा

रूपन्देहीको सैनामैना–८ रामापुरमा रहेको नवजागृति युवा क्लबले देउसी–भैलोबाट संकलित रकमले एम्बुलेन्स सञ्चालन गरेको छ । समयमै उपचार पुर्याउने उद्देश्यले देउसी–भैलोबाट बचेको रकमले एम्बुलेन्स सञ्चालन गरिएको क्लबका अध्यक्ष दिलीपकुमार न्यौपानेले बताए । उनका अनुसार देउसी–भैलोबाट उठेको रकमबाहेक एम्बुलेन्स किन्नका लागि सैनामैना नगरपालिका–८ ले एक लाख रकम सहयोग गरेको थियो भने ५० हजार रकम चन्दाबाट संकलन गरिएको थियो । एम्बुलेन्स किन्ने अभियानका साथ चार दिनसम्म रामापुर, कलौनी र बाँसगढीका घर–घरमा पुगी देउसी–भैलो खेलिएको अध्यक्ष न्यौपानेले बताए ।

नेपाल सरकारबाट राजस्व छुट गरी ११ लाख ५० हजार मूल्यबराबरको एम्बुलेन्स खरिद गरिएको आयोजकले जनाएको छ । क्लबका उपाध्यक्ष मित्रमणि खनालका अनुसार देउसी–भैलोबाट १० लाख रकम जम्मा भएको थियो ।

एम्बुलेन्सको सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले एक कार्यक्रमबीच शुभारम्भ गरेका छन् । एम्बुलेन्सको शुभारम्भ गर्दै नगरप्रमुख कार्कीले सरकारले गर्नुपर्ने काममा क्लबले सहयोग गरेको भन्दै क्लबको सामाजिक कामको प्रशंसा गरे ।

एम्बुलेन्सको सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले एक कार्यक्रमबीच शुभारम्भ गरेका छन् । एम्बुलेन्सको शुभारम्भ गर्दै नगरप्रमुख कार्कीले सरकारले गर्नुपर्ने काममा क्लबले सहयोग गरेको भन्दै क्लबको सामाजिक कामको प्रशंसा गरे । उनले सैनामैना नगरभित्रका जनताले एम्बुलेन्स प्रयोग गर्दा ज्येष्ठ नागरिक र अपांगता भएका बिरामीलाई ५० प्रतिशत छुट र सुत्केरी महिलालाई निःशुल्क सेवा दिन आग्रह गरे । उक्त छुट रकमको भुक्तानी सैनामैना नगरपालिकाले बेहोर्न प्रतिबद्धता जनाउँदै उनले एम्बुलेन्स सेवामा नगरपालिकाको सहभागिता रहने प्रतिबद्धतासमेत जनाए ।

कार्यक्रममा एम्बुलेन्स सञ्चालनका लागि सहयोग गर्ने १ सय ५ जना, देउसी–भैलोमा दान गर्ने र चन्दादातालाई क्लबले सम्मानपत्रद्वारा सम्मान गरेको थियो । ०६२ सालमा स्थापना भएको क्लबले देउसी–भैलोको दानबाट विगतदेखि नै टोल सरसफाइ, सडकबत्ती जडान र खेलकुदका कार्यक्रम गर्दै आएको छ । क्लबले सञ्चालनमा ल्याएसँगै सैनामैनामा एम्बुलेन्सको संख्या ४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय