त्रिवि शिक्षण अस्पतालको ‘जिआई एन्ड जनरल सर्जरी’ विभागमा पहिलोपटक महिला चिकित्सकको नेतृत्व

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) शिक्षण अस्पतालको ग्यास्ट्रो इन्टेस्टाइनल (जिआई ) एन्ड जनरल सर्जरी विभागको विभागीय प्रमुखमा डा. पलेस्वाँ लाखे नियुक्त भएकी छिन् । निवर्तमान विभागीय प्रमुख डा. वाइपी सिंहको कार्यकाल सकिएपछि रिक्त पदको जिम्मेवारी डा. लाखेलाई दिइएको हो ।

नेपालकै पहिलोमध्येकी एक महिला जनरल सर्जन डा. लाखेलाई महाराजन्ज क्याम्पस प्रशासनले विभागीय प्रमुख नियुक्त गरेको हो । जनरल सर्जरीजस्तो जटिल विधाको विभागीय प्रमुखको जिम्मेवारी महिला चिकित्सकले पाएको यो नेपालमै पहिलोपटक हो । अन्तर्राष्ट्रिय रूपमा यति ठूलो अस्पतालमा सर्जरीको विभागीय प्रमुख हुनुलाई निकै महत्वका साथ हेरिन्छ । वरिष्ठता, योग्यता, विभागका फ्याकल्टीहरूको समर्थनलगायत विषयलाई आधार बनाएर विभागीय प्रमुख नियुक्त गरिन्छ ।

पहिलोपटक जनरल सर्जरीमा (एमएस) गर्ने दुई महिलामध्येकी एक लाखेले सन् २०११ मा पहिलोपटक सर्जिकल इन्टेरोलोजीमा पिएचडीसरहको तालिम (एमसिएच) गरेकी थिइन् । लाहोरबाट एमबिबिएस, आइओएमबाट एमएस र एमसिएच गरेकी डा. लाखेले प्यानक्रियाज र पित्तथैलीको क्यान्सर विषयमा अल्पकालीन तालिमसमेत गरेकी छिन् ।

शिक्षण अस्पतालमा केही वर्षअघिसम्म जनरल सर्जरी विभागअन्तर्गत नै जनरल सर्जरी, युरोलोजी, प्लास्टिक सर्जरी, न्युरो सर्जरीसमेत रहेकोमा बिस्तारै यी सबै विधामा छुट्टाछुट्टै विभाग विकास भएका थिए । ‘अरु छुट्टिएपछि जिअाइ एण्ड जनरल सर्जरी विभागलाई थप व्यवस्थित गर्न बाँकी छ,’ डा. लाखेले भनिन् ।

शिक्षण अस्पतालमा केही वर्षअघिसम्म जनरल सर्जरी विभागअन्तर्गत नै जनरल सर्जरी, युरोलोजी, प्लास्टिक सर्जरी, न्युरो सर्जरीसमेत रहेकोमा बिस्तारै यी सबै विधामा छुट्टाछुट्टै विभाग विकास भएका थिए । ‘अरु छुट्टिएपछि जिअाइ एण्ड जनरल सर्जरी विभागलाई थप व्यवस्थित गर्न बाँकी छ,’ डा. लाखेले भनिन् ।

आइतबार विभागीय प्रमुखको जिम्मेवारीको पत्र बुझेसँगै हेल्थपोस्टसँग कुरा गर्दै डा. लाखेले ग्यास्ट्रो इन्टेस्टाइनल एन्ड जनरल सर्जरी विभागभित्रका विषय र क्षेत्रलाई छुट्टाछुट्टै रूपमा अझै विस्तार गर्न काम गर्ने बताइन् । उनले हालै अनुमति प्राप्त भएको कलेजो प्रत्यारोपणलाई सफल पार्नु विभागको महत्वपूर्ण प्राथमिकता भएको बताइन् ।

त्रिवि शिक्षण अस्पतालमा पूर्वनिर्देशक एवम् पूर्वविभागीय प्रमुख डा. महेश खकुरेलले सुरु गरेको जिआई सर्जरीको विस्तार र विकासमा नै काम गर्ने योजना रहेको डा. लाखेको भनाइ छ । ‘जिआई सर्जरीभित्र पनि खानानली, आमासय (अपर जिआई), कलेजो, प्यानक्रियाज, गलब्लाडरसँगै ठूलाे अान्द्रा (लोअर जिआई)लाई ‘च्यानलाइज’ गरेर अझै विकासमा काम गर्छु,’ डा. लाखेले भनिन्, ‘सबै काम सबैले गरिरहेकै छौँ, अब अझै कुनै विषयमा बढी फोकस गराएर फ्याकल्टीहरूका लागि तालिमको समेत खोजी गर्छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय