२७ वर्षमा स्पार्क अस्पताल

हेल्थपोस्ट
प्रकाशित
२०७५ फागुन १२ गते १२:२६

प्राकृतिक चिकित्सा विधि उपचारमा क्रियाशील नेपालकै पुरानो अस्पताल स्पार्क हेल्थ होमले २७ औ बार्षिककोत्सब मनाएको छ ।
कालिमाटीस्थित अस्पताल प्रागंणमा उपचारबाट निको भएका विरामीलाई नै प्रमुख अतिथि बनाएर अस्पतालले वार्षिक उत्सब मनाएको हो ।
सो अवसरमा अस्पातलमा उपचार गराएर निको भएको बिरामीको अनुभुतिमा आधारित भएर ‘स्पार्क दिएको नयाँ जीवन’ नामक पुस्तकको विमोचन गरिएको थियो ।

कार्यक्रम मा बोल्दै योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्षले जनक बस्नेतले प्राकृतिक चिकित्सा पद्धतीमा आधारित भएर २७ बर्ष वर्ष पारगर्नु आफैमा चुनौतीपूर्ण रहेको बताए ।

त्यसैगरी, अस्पतालका अध्यक्ष टंकनाथ पौडेलले २७ बर्षअघि पोलिक्लिनिकबाट सुरु गरेको अस्पताल यो अवस्थासम्म आउनुमा धेरैको साथ र हात रहेको बताए । ‘ २७ बर्षसम्मको यात्रागर्न अस्पतालले पाएको सफलतामा सहयात्रीको कारणले सम्भव भएको छ ।’ उनले भने, ‘बिरामीको विश्वास र मायाकै कारण अस्पताल अझ लामो समयसम्म अघि बढ्छ ।’

सो अबसरमा अस्पतालबाट निको भएका बिरामी केदार भट्टराईले अस्पतालमा बस्दाको ३२ दिन अविस्मरणीय भएको बताए । उनले भने,‘ प्याराइसिस भएर आफु अब जीवन भर लागि थला परेँ भन्ने सोचेको थिएँ । तर स्पार्क अस्पतालमा आएपछि नयाँ जीवन पाए ।’ उनले भने ।
सो अवसरमा वार्षिकोत्सको अवसरमा अस्पतालका चिकित्सक डा. विजय फुँयाललाई नगद पुरुस्कार सहीत उत्कृष्ट कर्मचारी सम्मान प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय