सरकारलाई गोदानको ७२ घण्टे अल्टिमेटम, अन्यथा बुधबारदेखि सेवा बहिष्कार

समायोजनमा विभेद भएको भन्दै आन्दोलनमा उत्रिएको सरकरी चिकित्सक संघ, नेपाल (गोदान)ले ७२ घण्टाभित्र माग पूरा नभए देशभरको स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिएको छ ।

गत शुक्रबार एक दिन सांकेतिक बन्द गरेको गोदानले बुधबारदेखि भने अनिश्चितकालीन संघ आबद्ध चिकित्सकले बुधबारदेखि आकस्मिकबाहेकको सेवा बहिष्कार गर्ने घोषणा गरेको छ । संघले विज्ञाप्तिजारी गरी ७२ घण्टाभित्र माग पूरा नभएर सरकारी स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ । यो प्रक्रियाबाट पनि सरकारले माग पूरा नगरे फेरी सामूहिक राजिनामा दिने घोषणा संघले गरेको छ ।

त्यसबाहेक संघले बुधबारकै लागि घोषित ‘स्वास्थ्य सेवा दिवस’ बहिस्कार गर्नेसमेत जनाएको छ । संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले विरोधका सबै सीमा पार गरेर आन्दोलन गर्दा पनि नसुने सबै चिकित्सकले सेवा छाडेर सरकारका लागि मार्ग प्रसस्त गर्नुपर्ने अवस्था आउँने बताए ।

संघले अल्टिमेटमको समय वाँकी रहँदासम्म सबै सरकारी अस्पताल प्राङ्गणमा बिहान १० देखि ११ बजे विरोध तथा सचेनताको धर्ना दिने, नभएर बुधबारदेखि सबै सेवा छाड्ने जनाएको छ ।

त्यसबाहेक संघले बुधबारकै लागि घोषित ‘स्वास्थ्य सेवा दिवस’ बहिस्कार गर्नेसमेत जनाएको छ । संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले विरोधका सबै सीमा पार गरेर आन्दोलन गर्दा पनि नसुने सबै चिकित्सकले सेवा छाडेर सरकारका लागि मार्ग प्रसस्त गर्नुपर्ने अवस्था आउँने बताए ।

संघले विज्ञाप्तिमा वैज्ञानिक र न्यायेचित चिकित्सक समायोजन लगायतको माग केहि महिनाबाट शान्तीपुर्ण आन्दोलनमा गरेको जनाएको छ । यसबीचमा सरकारी पक्षसँग छलफल गर्दा पनि चिकित्सकको समस्या तर्फ अग्रसर नभएको संघको भनाई छ । जनताको स्वास्थ्यमा दीर्घकालिन नकात्मक असर पर्ने समस्या प्रति राज्यपक्ष सम्वेदनशील नदेखिनुले राज्यपक्षको मनासाय उजाएर भएको’ संघद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

७२ घण्टे आन्दोलनाका कार्यक्रम
१. जनताको स्वास्थ्यलाई ध्यानमा राखी राज्यपक्षलाई समस्या समाधानका लागि आइतबारबाट ७२ घण्टे अल्टिमेटम दिने ।

२. सो अल्टिमेटम समयमा सबै सरकारी अस्पताल प्राङ्गणमा बिहान १० देखि ११ बजे विरोध तथा सचेनताको धर्ना दिने ।

३. २०७५–११–१४ भित्र समाधान नआए २०७५–११–१५ गते बुधबार का दिनबाट देशैभरिका सरकारी स्वास्थ्य संस्थाहरु आकस्मिक बाहेक अन्य स्वास्थ्य सेवा बहिस्कार गर्ने ।

४. २०७५–११–१५ गते बुधबार सरकारले मनाउन लागको ‘स्वास्थ्य सेवा दिवस’ बहिस्कार गर्ने ।

५. यसरी पनि राज्यपक्षले समस्या समाधान नगरे सम्पूर्ण सरकारी चिकित्सकको संकलित सामुहिक राजिनामा बुझाई राज्यपक्षलाई मार्गप्रशस्त गरिदिने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय