राष्ट्रपतिबाट चिकित्साशिक्षा विधेयक प्रमाणीकरण

तस्बिर : राष्ट्रपति कार्यालय

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनबाट पारित ‘राष्ट्रिय चिकित्साशिक्षा विधेयक २०७५’ प्रमाणीकरण गरेकी छिन् । प्रमाणीकरणसँगै अब विधेयक ऐनका रूपमा लागू हुनेछ ।

राष्ट्रपतिको कार्यालयका अनुसार शुक्रबार चिकित्साशिक्षा विधेयक प्रमाणीकरण भएको हो । नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले विज्ञाप्तिमार्फत जानकारी दिएको छ ।

यसअघि प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट डा. गोविन्द केसी विधेयकलाई १५औँ अनशनको सम्झौताअनुसार पारित गर्न मागसहित अनशनरत रहँदा नै प्रतिपक्षको संसद् अवरोधकै बीच विधेयक बहुमतले परित भएको थियो ।

सत्तापक्षले पेलेरै विधेयक पारित गरेपछि डा. केसीले अनशन स्थगित गर्ने समयमा विज्ञाप्ति जारी गरी राष्ट्रपतिले पुर्न्र्विचारका लागि संसद्मा फर्काइदिने आशासमेत व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय