वीरको टिकट काउन्टरमा २ घण्टासम्म गोदानको ताला, हजारौँ बिरामी मारमा

बिरामीको अत्यधिक चाप हुने देशभरको स्वास्थ्योपचारको केन्द्रका रूपमा रहेको वीर अस्पतालको टिकट काउन्टरमा शुक्रबार आन्दोलनरत सरकारी चिकित्सक संघ (गोदान)ले एकाएक ताला ठोकेको छ । बिरामीको सबैभन्दा बढी फ्लो हुने पिक समयमा टिकट काउन्टरमै ताला झुन्ड्याइएपछि लाइनमा बसेका हजारौँ बिरामी कष्ट भोग्न बाध्य भए ।

शुक्रबारका लागि आकस्मिकबाहेकका सेवा बहिष्कार गर्ने कार्यक्रम घोषणा गरेको गोदानले एकाएक २ घण्टाका लागि वीरको काउन्टरमा तालाबन्दी गरेको थियो । गोदानले बिहान ११ बजे लगाएको ताला दिउँसो १ बजे मात्र खोलेको हो ।

विनापूर्वजानकारी एकाएक काउन्टरमा ताला लगाइएपछि टिकटका लागि पालो कुरेर बसेका बिरामीले सास्ती झेलेका थिए । ताला खुलेपछि भने सेवा सुचारु भएको अस्पतालले जनाएको छ । यद्यपि, गोदानअन्तर्गतका चिकित्सकहरूले आकस्मिकबाहेकका सम्पूर्ण सेवा बहिष्कार गरी असहयोग आन्दोलन सुरु गरेका कारण सरकारी चिकित्सकको बाहुल्य रहेको वीरमा सेवा प्रभावित भने भइ नै रहेको छ ।

किन गरियो कार्यक्रममै नभएको काउन्टर बन्द ?
सरकारी चिकित्सक संघ (गोदान) सेवा बहिष्कारको आन्दोलनमा रहँदारहँदै अस्पताल प्रशासनले गोदानअन्तर्गतका चिकित्सकले समेत बिरामी हेर्ने गरी टिकट काटिदिएकाले काउन्टर नै बन्द गरेको गोदानको भनाइ छ । करिब तीन सयको हाराहारीमा टिकट ब्रिकी भइसकेको अवस्थामा गोदानले एकाएक काउन्टरमा ताला लगाएको थियो ।

‘हामीले सेवा बहिष्कार गरिरहेको अवस्थामा प्रशासनले टिकट खुला गरेपछि यो अवस्था आयो,’ डा. पाण्डेले भने, ‘तर, हामीले सेवा सुचारु गर्न ताला खोलिसकेका छौँ ।’

अस्पताल प्रशासनले सम्पूर्ण टिकट (गोदानअन्तर्गतका चिकित्सकको नाममा समेत) खुला गरेपछि टिकट काउन्टर बन्द गर्नुपरेको गोदानका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले बताए । ‘हामीले सेवा बहिष्कार गरिरहेको अवस्थामा प्रशासनले टिकट खुला गरेपछि यो अवस्था आयो,’ डा. पाण्डेले भने, ‘तर, हामीले सेवा सुचारु गर्न ताला खोलिसकेका छौँ ।’

शनिबारको बिदाका कारण शुक्रबार र आइतबार अस्पतालमा बिरामीको चाप अन्य दिनको तुलनामा बढी नै हुने गरेको छ । शुक्रबार तथा आइतबार २ हजारसम्म टिकट बिक्री हुने गरेको अस्पतालको तथ्यांकले देखाउँछ । अकस्मात् टिकट काउन्टर बन्द गरिँदा हजारौँको सख्यामा लाइनमा बसेका बिरामी अलपत्रमा परे ।

अस्पतालमा एकाएक टिकट काउन्टर बन्द गरिनुमा अस्पतालका निर्देशक र निमित्तउपकुलपतिको समेत संलग्नता रहेको आधिकारिक कर्मचारी ट्रेड युनियनका एक पदाधिकारीकाे अाराेप छ । ‘हिजो गोविन्द केसीको आन्दोलनमा ‘अस्पताल बन्द गर्न हुँदैन, बिरामीलाई सेवा दिन्छौँ’ भन्ने डाक्टरले आज आफ्नो स्वार्थका लागि चाहिँ टिकट काउन्टर नै बन्द गरेका छन्,’ ती कर्मचारीले भने, ‘गोदानका डाक्टर आन्दोलनमा बसेका हुन् भने उनीहरूले बिरामी नहेरे भइहाल्यो नि ! टिकट काउन्टर नै किन बन्द गर्नुपर्यो ?’

अस्पतालमा एकाएक टिकट काउन्टर बन्द गरिनुमा अस्पतालका निर्देशक र निमित्तउपकुलपतिको समेत संलग्नता रहेको आधिकारिक कर्मचारी ट्रेड युनियनका एक पदाधिकारीकाे अाराेप छ । ‘हिजो गोविन्द केसीको आन्दोलनमा ‘अस्पताल बन्द गर्न हुँदैन, बिरामीलाई सेवा दिन्छौँ’ भन्ने डाक्टरले आज आफ्नो स्वार्थका लागि चाहिँ टिकट काउन्टर नै बन्द गरेका छन्,’  ती कर्मचारीले भने, ‘गोदानका डाक्टर आन्दोलनमा बसेका हुन् भने उनीहरूले बिरामी नहेरे भइहाल्यो नि ! टिकट काउन्टर नै किन बन्द गर्नुपर्यो ?’

सरकारी चिकित्सक सेवा बहिष्कार गरी -यालीमा
नयाँ संगठन संरचना र कर्मचारी समायोजनको विषयमा असन्तुष्टि जनाउँदै पछिल्लोपटक एक साताका लागि विभिन्न कार्यक्रम घोषणा गरेर आइतबारदेखि आन्दोलनमा उत्रिएको गोदानले शुक्रबार आकस्मिकबाहेकका सबै सेवा बहिष्कार गरी प्रदर्शन गरेको छ । घोषित कार्यक्रमको अन्तिम दिन शुक्रबार सरकारी चिकित्सकहरूले वीर अस्पतालमा भेला भई र्याली निकाले । घोषित कार्यक्रममा शुक्रबारदेखि सेवा बहिष्कार गरी असहयोग आन्दोलन सुरु गर्ने जनाएको गोदानले थप आन्दोलनका कार्यक्रम भने घोषणा गर्न बाँकी नै छ । गोदानले शनिबार कार्यसमितिको बैठक बसी अर्को साताका लागि थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय