मापदण्डअनुसार स्वास्थ्य संस्था बनाउन अझै दश वर्ष लाग्ने निजी अस्पताल संचालकको भनाई, समय थप्न माग

हेल्थपोस्ट
प्रकाशित
२०७५ फागुन ७ गते २०:१४

निजी अस्पतालहरुले तोकिएको मापदण्डअनुसार स्वास्थ्य संस्थाका भवन बनाउँन अझै १० वर्ष लाग्ने भन्दै सरकारसँग थप समय माग गरेका छन् । स्वास्थ्य संस्था स्थापना तथा स्तरोन्नतीसम्बन्धी मापदण्ड २०७० अनुसार तोकिएको ढाँचामा भवन सम्पन्न गरिसक्नुपर्ने समय एक वर्ष वाँकी रहँदा निजी अस्ताल संचालकको संस्था एशोसिएसन अफ प्राइभेट हेल्थ इन्टिच्युसन नेपाल अफिनले सरकारसँग थप समय माग गरेको हो ।

अफिनका महासचिव हेमराज दाहालले सरकारले मापदण्ड परिमार्जन गर्न लागेको अवस्थामा अफिनले आफ्नो पोजिसन स्पष्ट गरेको बताए । यसबीचमा विभिन्न प्रतिकूलताका कारण मापदण्डअनुसार संरचना बनाउन अफिनका सदस्यहरुलाई कठिनाई भएकोले यस्तो माग गरिएको हो ।

तत्कालिन समयमा लामो विवाद र छलफलपछि सरकारले निजी अस्पतालका संचालकहरुकै सहमतिमा तोकिएको मापदण्डअनुसार ६ वर्षभित्र अस्पताल बनिसक्नुपर्नेगरी नियम बनाएको थियो । यसबीचमा भुकम्प आएको लगायतका कारण देखाएर संचालकहरुले तोकिएको समयसीमामा पूर्वाधार मापदण्ड पूरा गर्न नसक्ने जानकारी सरकारलाई गराएका छन् ।

अपिनको एक प्रतिनिधि मण्डलले मंगलबार स्वास्थ्य मन्त्री उपेन्द्र यादव र स्वास्थ्य सचिवलाई भेटेर ज्ञापनपत्रसमेत बुझाएको छ ।
अपिनका अध्यक्ष एवं नर्भिक अस्पतालका संचालक बसन्त चौधरीले नेतृत्वको टोलीले बुझाएको ज्ञापन पत्रमा भुकम्प, नाकावन्दी, निर्वाचन, अन्तराष्टिय आर्थिक मन्दी सरकार प्रतिकुल कारण देखाएर तोकिएको समयमा तोकिएको मापदण्ड पूरा हुन नसक्ने उल्लेख छ ।

मापदण्डअनुसार भवन नबने सरकारले अस्पतालको संचालन अनुमति रद्द गर्न सक्ने व्यवस्था छ । तोकिएको शर्त अनुसार प्रत्येक वर्ष अस्पतालहरुले नविकरणका लागि आउँदा मापदण्ड पूरा गर्न गरेको प्रगति विवरणसमेत पेश गर्नुपर्नेमा हालसम्म सरकारले समेत कडाई गर्न सकेको छैन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय