बिरामी हजुरआमाको गन्थन–मन्थन

म त बूढी मान्छे, धेरै वर्ष बितेछन् । नागरिकता बाँड्नेवेला उमेर घटाइदेछन् । नत्र त ९० सालको भूकम्प जाँदा म ५ वर्षकी थिएँ । जीवन पूरै बितिसक्यो । बाल्यकालदेखि आजसम्म संसार धेरै नियालियो । बालबच्चा भए । नाति–नातिना पनि भए । घर–गृहस्थीका सबै कर्म गरिसकेँ । अक्षर भने लुकी–लुकी ‘कपुरी क’सम्म चिनेकी थिएँ । अहिलेजस्तो पढ्न त कहाँ पाइन्थ्यो र ! अहिले जवानी सकिने वेलासम्म पढिरहनुपर्ने ! मेरी नातिनीको उमेरमा पछ्यौरामा बच्चा बोकेर घाँस काट्थेँ । ती दिन गए । संसारले धेरै फड्को मारेछ । कहिल्यै बिरामी परेको थिएन ।

आज मनिटरका कर्कस आवाजका बीच अन्तिम दिनहरू पर्खेर बसेकी छु । बेड त गज्जबको छ । कमलो लचकदार बेड, न्यानो कोठा । तर, जस्तो सुविधा भए पनि ज्यानलाई सुबिस्ता भने छैन । हातैभरि नीलडाम मात्रै । सुईले नचुमेका नसा कुनै बाँकी छैनन् सायद । कति तिखा सुई, च्वास्स पार्ने । फेरि सुई तिखो नभए इन्जेक्सन नसाभित्र कसरी पुग्ला र ?

रगत जाँच गर्दागर्दै शरीरको रगत नै रित्तिएजस्तो लाग्छ । र, भन्छु– ए नानी, रगत सकियो बा मेरो । ननिकाले हुन्न र ? उत्तर त सबैको उही हुन्छ– रगत शरीरले बनाइहाल्छ नि ! रित्तिन्न, चिन्ता नलिनू आमा । तर, मेरो सोझो हिसाबले त्यो सुईभरि निकालेको रगत कहाँ कता बनेर नसामा निस्कनेरहेछ भन्ने बुझ्न सकिन । रगत पैँचो लगेपछि रगत चढाउनुपर्ने नि ! तर, पर्दैन भन्छन् सिस्टर नानी । हरेक दिन रगत जाँच्न लगिरहन्छन् । रोग पत्ता लगाउन रगत जाँच गरेको रे । पहिलेजस्तो नाडी छामेर पत्तो पाउने रहेनछन्, अचेलका डाक्टरले ।

अक्सिजनको मूल्य धेरै रहेछ, बाँच्नलाई पनि र खर्चमा पनि । घरमा अक्सिजन नराखी त मलाई घर लैजान सकिन्न रे । त्यो गाउँमा कसरी पुर्याउने होला ! मेरा गाउँमा रूखले अक्सिजन नदिनेरहेछन् र ? भनेर सोधेको त डाक्टर बाबु हाँस्दै थिए । नातिले एकदिन पढेको सुनेकी थिएँ, ‘बाँच्नलाई अक्सिजन चाहिन्छ ।

दमको रोगले च्यापेको छ रे मलाई । मुटु पनि कमजोर भएको छ । शरीर सुन्निएको त्यसैले हो रे । अलि–अलि मिर्गौलामा पनि असर पुगेको छ रे । अवस्था गाह्रो नै छ रे । मैले सुन्छु कि भनेर ढोकाबाहिर भनेका डाक्टरले, मैले थाहा पाउँदिन कि भनेर । निभ्न लागेको बत्ती निभ्नुभन्दा अगाडि टाठो बल्छ । मेरा कानले भने अझै साथ छोडेका छैनन् भन्ने के थाहा उनीहरूलाई ? त्यसैले छट्पटी हुन्छ मलाई । भागमजस्तो लाग्छ । शरीर कमजोर छ । नाक–मुखमा अक्सिजन लगाएका छन् । वेला–वेलामा अप्ठ्यारो हुन्छ र निकाल्न खोज्छु । नर्स नानीहरू पहरा नै दिएर बसेका हुन्छन् । उनीहरू आउँछन् र फेरि लगाइदिन्छन् । यो दोहोरी चलिरहन्छ । खै किन हो, यति साह्रो माया गरेका । धेरै बाँचेर पनि के गर्नु थियो र मलाई ! अक्सिजनको मूल्य धेरै रहेछ, बाँच्नलाई पनि र खर्चमा पनि । घरमा अक्सिजन नराखी त मलाई घर लैजान सकिन्न रे । त्यो गाउँमा कसरी पुर्याउने होला ! मेरा गाउँमा रूखले अक्सिजन नदिनेरहेछन् र ? भनेर सोधेको त डाक्टर बाबु हाँस्दै थिए । नातिले एकदिन पढेको सुनेकी थिएँ, ‘बाँच्नलाई अक्सिजन चाहिन्छ । रूखले अक्सिजन प्रदान गर्छन् ।’ सहरतिरका रूखले मात्रै अक्सिजन दिने रहेछन् क्यार ! एकदिन बिहान डाक्टरले घरमा १६ घण्टा अक्सिजन लगाएर बस्नुपर्छ भनेको सुनेँ । अरू वेला अप्ठ्यारो लागेर फुकालिदिन्थेँ, अक्सिजनको मास्क । त्यो सुनेको दिन मैले पूरै ज्ञानी बनेर लगाएँ, ६ महिनालाई अक्सिजन यतैबाट पुग्छ कि भनेर ।

वेला–वेला श्वास बढ्छ मेरो । श्वास लिन गाह्रो हुन्छ । बाहिरै घ्यारघ्यार आवाज सुनिन्छ । प्राण जान्छ कि जस्तो हुन्छ । एउटा ठिटो डाक्टर आइपुग्छन्, देख्दा आफ्नै नातिजस्तो झझल्को आउने । आला लगाएर सुन्छन् र केही औषधि दिन भन्छन् । त्यो ओक्तोले केही समय काम गर्छ । हल्का भएजस्तो हुन्छ । यो प्रक्रिया दोहोरिरहन्छ । रोगसँग लड्दै गर्छ, मेरो शरीर । मनले त दुःख नपाउन सजिलो अवसानको कल्पना गरिरहन्छ । नीलडाम नभएको कुनै ठाउँ छैन । सुन्निएका खुट्टा र हात बिस्तारै चाउरिएका छन् । पिसाब पनि कतिविधि लाग्ने रै’छ, औषधिले गर्दा होला । पानी फेरि खानै नदिने, मुख सुकेर भिजाइदिन्छन् वेला–वेला, तर तिर्खा भने मेटिन्न । मुटु कमजोर भएकाले पानी धेरै भएर शरीर फुल्छ भनेर नदिने भन्छन् । कस्तो रोग लागेछ, पानी पनि खान नपाइने । डाक्टरले गाली मात्रै गर्छन्, लुकेर पानी खाएको होला भनेर । बोतल पनि नजिकै राख्न दिँदैनन् ।

‘ठिक हुन्छ आमा, ठिक हुन्छ । नआत्तिनुस्,’ डाक्टर बाबु र सिस्टर नानी सान्त्वना दिन्छन् । म भन्छु, ‘डाक्टर बाबु, तिमी आफ्नो काम गर । दुईचार दिन अलि सजिलो बनाउने प्रयास गर । तर, म अब चाँडै बिदावारी माग्दै छु । त्यसपछि भगवान्लाई सोध्नेछु– रोग किन लाग्छ ?’

वरिपरि हेर्दा पनि माया लागेर आउँछ । भर्खरको नयाँ ठिटो आफूअगाडिको बेडमा देखेँ । अघिल्लो दिन अर्कै बिरामी देखेकी थिएँ त्यो बेडमा । राति गाह्रो भएर एक हुल सेताकोटधारी जम्मा भएका थिए । बिचरा, ती नानीका बाबुले कति माया गर्थे । अहिलेको बाबुलाई भने किड्नीको समस्या रहेछ, बिहान एकजना पाको देखिने डाक्टरको कुराबाट ठम्याएकी मैले । त्यो बाबुलाई रातभरि ठाडै बस्नुपर्ने । खोकी पनि उस्तै साह्रो । सानै उमेरमा के लागेछ त्यस्तो रोग ! मलाई पनि अलि–अलि सजिलो हुन्छ अनि फेरि च्यापिरहन्छ । दुःख दिने चक्रिय नियम होला भगवान्को । सजिलै भगवानको घर जान पाए हुनेजस्तो लाग्छ ।

‘एकदमै सास्ती भयो, सजिलो उपाय छैन बाबु ?’ भनेर सोध्छु डाक्टरलाई । मेरो आयु पनि त्यो कलिलो उमेरका बाबुलाई दिन पाएको भए जाती हुन्थ्यो भन्ने तर्कना गर्छु । ‘ठिक हुन्छ आमा, ठिक हुन्छ । नआत्तिनुस्,’ डाक्टर बाबु र सिस्टर नानी सान्त्वना दिन्छन् । म भन्छु, ‘डाक्टर बाबु, तिमी आफ्नो काम गर । दुईचार दिन अलि सजिलो बनाउने प्रयास गर । तर, म अब चाँडै बिदावारी माग्दै छु । त्यसपछि भगवान्लाई सोध्नेछु– रोग किन लाग्छ ?’
(एकजना दमपीडित बिरामीको आइसियूमा उपचारका क्रममा अनुभूत मनोभावको चित्रण गर्ने प्रयास)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय