राष्ट्रिय परिवार योजना सम्मेलन चैतमा

परिवार कल्याण महाशाखाको आयोजनामा परिवार योजना सेवाको पहुँच बाहिर परेकालाई समेट्ने उद्देश्यका साथ ४ र ५ चैतमा काठमाडौंमा राष्ट्रिय परिवार योजना सम्मेलन हुने भएको छ । शुक्रबार महाशाखाले राष्ट्रिय स्वास्थ्यकेन्द्रमा पत्रकार सम्मेलन गरी संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष, एड्भेन्टिस्ट डेभलपेन्ट एन्ड रिलिफ एजेन्सी– आड्रा नेपाल र परिवार योजना प्रवर्धनमा काम गरिरहेका २० संघसंस्थाको सहयोगमा उक्त सम्मेलन हुन लागेको जानकारी दिएको छ ।

‘किशोर–किशोरी तथा युवा, सुत्केरी महिला, गरिब तथा सीमान्तकृत जनसमुदायमा सेवा पुग्न सकेको छैन,’ राष्ट्रिय परिवार योजनाका अध्यक्ष डा. आरपी बिच्छाले भने, ‘जनसमुदायमा परिवारनियोजनका साधनको प्रयोग बढाउनुपर्ने आवश्यकता देखिन्छ । सम्मेलनमा यी सबै विषयबारे छलफल हुनेछ ।’

योजनाकी सदस्य–सचिव कविता अर्यालले परिवार योजनामा पहुँच नपुगेका समुदायलाई लक्ष्य गरेर सम्मेलन गर्न लागेको बताइन् । ‘विशेषगरी सीमान्तकृत जनसमुदायमा परिवार योजनाबारे ज्ञानको कमी छ,’ उनले भनिन्, ‘उनीहरूलाई लक्षित गरेर योजनामा पहँुज पुर्याउने उद्देश्यले सम्मेलन गर्न लागेका हौँ ।’

महाशाखाका अनुसार सन् १९९६ मा नेपालको जन्मदर ४.६ रहेकोमा सन् २०१६ मा घटेर २.३ पुगेको विज्ञप्तिमा उल्लेख छ । यो दर भावी योजनामा सरदर २.१ मा झार्ने महाशाखाको लक्ष्य छ ।

परिवार योजना कार्यक्रममा पहुँच बढाउनु, परिवार योजनाको सेवाको विस्तार गर्ने रणनीतिक दिशाका लागि ज्ञान आदान–प्रदान गर्नु तथा भावी योजनाबारे छलफल गर्नु सम्मेलनको मूल उद्देश्य रहेको बताइएको छ । सम्मेलनमा सहभागिताका लागि परिवार कल्याण महाशाखाले दर्ता खुला गरेको छ । महाशाखाका अनुसार दुईदिने सम्मेलनमा प्रजनन स्वास्थ्य तथा परिवार योजनाको क्षेत्रमा क्रियाशील निर्माता, स्वास्थ्य पेसाकर्मी, अनुसन्धानकर्ता, शिक्षणकर्मी, विद्यार्थी, मिडिया आदिको सहभागिता रहनेछ । कार्यक्रममा करिश ३ सयको सहभागिता रहने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सम्मेलनका लागि करिब ७० लाख रूपैयाँ खर्च लाग्नेछ ।

महाशाखाका अनुसार सन् १९९६ मा नेपालको जन्मदर ४.६ रहेकोमा सन् २०१६ मा घटेर २.३ पुगेको विज्ञप्तिमा उल्लेख छ । यो दर भावी योजनामा सरदर २.१ मा झार्ने महाशाखाको लक्ष्य छ । त्यसैगरी, परिवारनियोजनका साधनको प्रयोग गर्नेको संख्या बढेर ५३ प्रतिशत पुगेको र आधुनिक साधन प्रयोग गर्ने ४३ प्रतिशत रहेको प्रगति–विवरणमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय