कांग्रेस नेताका स्वर्गीय पिता जाेशीकाे नाममा वीरमा अक्षयकोष, अति विपन्नको उपचारमा सहयोग गर्ने

हेल्थपोस्ट नेपाल

स्वर्गीय गजेन्द्रराज जोशीको वार्षिक पुण्यतिथिका अवसरमा जोशी परिवारले वीर अस्पतालमा अक्षकोष स्थापना गरेको छ । स्वर्गीय जोशीको परिवारले शुक्रबार पत्रकार सम्मेलन गरी अस्पताललाई १० लाख रूपैयाँको चेक हस्तान्तरण गर्यो । स्व. जोशीकी धर्मपत्नी गीता जोशीले छोरा कांग्रेस नेता एवम् पूर्वमन्त्री नवीन्द्रराज जोशीसहित परिवारका अन्य सदस्यहरूको उपस्थितिमा अस्पताललाई चेक हस्तान्तरण गरिन् ।

स्वास्थ्योपचारका लागि सधैँ वीर अस्पताललाई नै रोज्ने स्व. जोशीले वीरमै लिभरको उपचार गराएका थिए । उपचारका क्रममा एक वर्षअघि ८२ वर्षको उमेरमा जोशीको निधन भएको थियो । वीरमा देशभरबाट उपचारका लागि आउने अति निम्न आयस्तरका नेपालीलाई केही राहत होस् भनी स्व. जोशीले उपचरकै क्रममा इच्छा व्यक्त गरेको तर त्यतिवेला कारणवश पूरा हुन नसकेकाले उनकै इच्छाअनुरूप अक्षयकोष स्थापना गरिएको जोशी परिवारले जनाएको छ ।

वीरका निर्देशक भूपेन्द्रकुमार बस्नेतले पनि निधनपूर्व उपचारका क्रममा स्व. जोशीले वीरमा उपचारका लागि आउने न्यून आय र पहुँच भएका बिरामीको उपचारका लागि आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको जानकारी दिए । ‘हाम्रा लागि यो खुुसीको कुरा हो, स्वर्गीय जोशीको नाममा हामीलाई परिवारले १० लाख रूपैयाँ दिनुभएको छ,’ निर्देशक बस्नेतले भने, ‘यो रकम उपचारसेवाका लागि खर्च गर्न नसक्ने बिरामीका लागि खर्च गर्छौं ।’ सहयोगले गरिब जनताको उपचारमा टेवा पुग्ने उनको भनाइ थियो । वीरमा देशभरबाट न्यून आयस्तरका बिरामी उपचारका लागि आउने गर्छन्, जोसित सामान्य खर्चसमेत हुँदैन । त्यस्ता निम्न आयस्तरका बिरामीकोे उपचारमा सहयोग रकम खर्च गर्ने प्रतिबद्धता निर्देशक बस्नेतको छ ।

‘बुबा सधैँ वीरमै उपचार गराउनुहुन्थ्यो, उहाँलाई यहीँँ नै विश्वास थियो,’ उनले भने, ‘उहाँको अति विपन्नवर्गको उपचारमा सहयोग पुर्याउने इच्छा विविध कारणवश उहाँ छँदै पूरा हुन सकेन । त्यसैले, अहिले उहाँकै इच्छाअनुरूप अक्षयकोष स्थापना गरेका हौँ ।’  सुरुवातमा सानो रकमबाट अक्षयकोष सुरु गरिए पनि बिस्तारै कोष बढाउँदै लगिने जोशी परिवारले जनाएको छ ।

स्व. जोशीका कान्छा छोरा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीले बुबाको अति विपन्न व्यक्तिको उपचारमा सहयोग पुर्याउने इच्छाअनुरूप नै अक्षयकोष स्थापना गरिएको बताएका छन् । ‘बुबा सधैँ वीरमै उपचार गराउनुहुन्थ्यो, उहाँलाई यहीँँ नै विश्वास थियो,’ उनले भने, ‘उहाँको अति विपन्नवर्गको उपचारमा सहयोग पुर्याउने इच्छा विविध कारणवश उहाँ छँदै पूरा हुन सकेन । त्यसैले, अहिले उहाँकै इच्छाअनुरूप अक्षयकोष स्थापना गरेका हौँ ।’

अक्षयकोषलाई अत्यन्त पारदर्शी रूपमा सञ्चालन गरी लक्षित वर्गमा सेवा पुर्याउन निर्देशिका नै बनाएर समिति गठन गरिएको उनले जानकारी दिए । समितिमा जोशी परिवारका एक सदस्यसहित अन्य ६ जना सदस्य छन् । ‘रकम सानो भए पनि यसले अरुलाई पनि विपन्न वर्गको उपचारमा सहयोग पुर्याउन प्रेरणा मिलोस् भन्ने हाम्रो चाहना हो,’ उनले भने, ‘धेरै मानिसले आफ्नो क्षमताअनुसार थोरै–थोरै सहयोग गर्दा पनि ठूलै कोष बन्छ । त्यसैले, अति गरिबले समेत सेवा लिने वीरका लागि आम रूपमा सहयोगी मनहरू परिचालित हुने विश्वास लिएको छु ।’

निर्देशिकाले पारदर्शिता कायम गर्नुका साथै अक्षयकोष स्थापनालगायत अन्य स्वरूपका सहयोगमा भविष्यमा सामूहिक वा व्यक्तिगत रूपले जोडिनेहरूका लागि मार्गनिर्देश गर्ने उनको विश्वास छ । अक्षयकोष स्थापनाको मूल उद्देश्य अति गरिब समुदायको बिरामीका लागि भविष्यमा सेवा पुगोस् भन्ने रहेको जोशीको भनाइ छ ।

स्व. जोशीका धर्मपत्नी र दुई छोरा छन् । जेठा छोरा राजुराज जोशी काठमाडौं महानगरपालिकाको पछिल्लो निर्वाचनमा कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार थिए । सुरुवातमा सानो रकमबाट अक्षयकोष सुरु गरिए पनि बिस्तारै कोष बढाउँदै लगिने जोशी परिवारले जनाएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *