सम्यकको भ्यालेन्टाइन डे अफर– प्रेमजोडीको स्वास्थ्य परीक्षणमा छुट

हेल्थपोस्ट
प्रकाशित
२०७५ फागुन २ गते १४:०३

अन्तर्राष्ट्रिय मानकीकरण संस्था (आइएसओ)द्वारा प्रमाणपत्रप्राप्त जावलाखेलस्थित सम्यक डाइग्नोस्टिकले प्रणय दिवस (भ्यालेन्टाइन डे)का अवसरमा प्रेमजोडीका लागि स्वास्थ्यजाँचको विशेष प्याकेज घोषणा गरेको छ । डाइग्नोस्टिकले फेब्रुअरी महिनाभरका लागि ‘मन्थ अफ लभ वेलनेस अफर’ घोषणा गरी महत्वपूर्ण जाँचमा छुट दिने जनाएको छ ।

सामान्य अवस्थामा झन्डै ११ हजार पर्ने प्याकेज जोडीका लागि ६ हजार ६ सयमा उपलब्ध गराउने डाइग्नोस्टिकले जनाएको छ । ‘आफ्ना प्रेमी/प्रेमिकाको स्वास्थ्यप्रतिको चासो र चिन्ताले नै आफ्नो मान्छेप्रति सबैभन्दा बलियो गरी प्रेम प्रकट हुन सक्छ भन्ने सोचका साथ स्वास्थ्यप्रतिको सचेतना जगाउन यस्तो प्याकेज ल्याएका हौँ’ डाइग्नोस्टिकका प्रबन्धनिर्देशक डा. केयूर गौतमले बताए ।

 

भ्यालेनटाइन अफर प्याकेजमा रगतमा चिल्लोपदार्थको मात्रा, चिनीको मात्रा, हर्मोनसम्बन्धी, मिर्गौला, कलेजोसँग सम्बन्धित जाँच, रगतका अन्य विभिन्न पक्षको जाँच समेटिएका छन् । त्यसैगरी, प्याकेजमा सिबिसी, फास्टिङ ब्लड सुगर, युरिक एसिड, लिपिड प्रोफाइल, किड्नी फंक्सन टेस्ट, लिभर फंक्सन टेस्ट, गामा टेस्ट, थाइराइड स्क्रिनिङ र हड्डीसम्बन्धी जाँच (विएमडी) समेटिएको डाइग्नोस्टिकले जनाएको छ ।

सम्यक आइएसओ (१५१८९ः२०१९) प्रमाणपत्र प्राप्त गर्ने नेपालकै पहिलो प्याथोलोजी ल्याबोरेटोरी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय