गण्डकी सरकारले गर्भवती र सुत्केरीलाई हेलि–उद्धार गर्ने

गण्डकी प्रदेश सरकारले जोखिममा परेका सुत्केरी र गर्भवती महिलाको हेलिकोप्टरमार्फत उद्धार (एयर लिफ्टिङ) गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले समस्यामा परेका सुत्केरी र गर्भवती महिलालाई तत्काल उद्धार गरी सुविधासम्पन्न अस्पतालमा उपचारको व्यवस्था मिलाउने निर्णय गरेको हो ।

सरकारले यसका लागि कार्यविधि नै पारित गरिसकेको छ । ‘कोही पनि महिला सुत्केरी हुँदा जोखिममा पर्नुपर्दैन । सरकारले उनीहरूको उद्धार गर्छ,’ निर्णय सार्वजनिक गर्दै आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले भने, ‘हेलि–उद्धारमा लाग्ने खर्च पनि सरकारले नै बेहोर्छ ।’ गर्भवती र सुत्केरी महिलालाई जटिलता व्यवस्थापनका लागि सुविधासम्पन्न अस्पतालमा एयरलिफ्ट गर्ने, कार्यविधि मंगलबारको बैठकबाट पारित भएको हो ।

एयर लिफ्टिङ गर्दा स्थानीयस्तरमा उपचाररत स्वास्थ्यकर्मीको सिफारिस चाहिन्छ । ‘जोखिम हो वा होइन भन्नेबारे स्थानीयस्तरमै रहेका स्वास्थ्यकर्मीले जानकारी गराउँछन् ।

एयर लिफ्टिङ गर्दा स्थानीयस्तरमा उपचाररत स्वास्थ्यकर्मीको सिफारिस चाहिन्छ । ‘जोखिम हो वा होइन भन्नेबारे स्थानीयस्तरमै रहेका स्वास्थ्यकर्मीले जानकारी गराउँछन् । उनीहरूको सिफारिसका आधारमा प्रदेशको फोकल समितिले निर्णय गर्छ,’ चुमानले भने, ‘सम्बन्धित मन्त्रालयको समन्वयमा तत्काल हेलिकोप्टर पठाएर उद्धार गर्ने र सुविधासम्पन्न अस्पतालमा पुर्याउने काम हुन्छ ।’ उद्धारमा सहजताका लागि सिफारिस समितिको सचिवलाई संयोजक तोक्ने उनले जानकारी दिए । सरकारले तत्काल उपलब्ध हुन सक्ने जुनसुकै हेलिकोप्टर पनि प्रयोग गर्न सक्ने चुमानले बताए ।

मंगलबारको बैठकले प्रदेशमातहत आएका सबै अस्पतालमा प्रदेश सरकारले काम थाल्ने निर्णय गरेको छ । यसअघि संघ सरकारअन्तर्गत रहेका जिल्ला जनस्वास्थ्य र स्वास्थ्य कार्यालयहरूमा प्रदेश सरकारले आफ्नो कार्यालय खोल्ने सामाजिक विकासमन्त्री नरदेवी पुनले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय