स्वास्थ्यमन्त्री यादवकी बुहारीको क्यान्सरबाट निधन

हेल्थपोस्ट
प्रकाशित
२०७५ माघ २९ गते १७:३८

उपप्रधान तथा स्वास्थ्यमन्त्री उप्रेन्द यादवकी बुहारी मनिषा यादवको मंगलबार निधन भएको छ ।
२६ वर्षे यादव लामो समयदेखि हड्डीको क्यान्सरको उपचार गराइरहेकी थिइन् ।

६ दिनअघि भक्तपुरस्थित क्यान्सर अस्पतालमा भर्ना गरिएकी मनिषाको मंगलबार दिउसो निधन भएको मन्त्री यादवका सहयोगी महेश चौरसियाले जानकारी दिए ।

मनिषको मंगलबारै पशुपति आर्यघाटमा दाह संस्कार गरिनेछ ।मनिषाको सुरुमा दिल्लीस्थित एम्स अस्पतालमा झण्डै डेढ वर्ष उपचार गरिएको थियो । उनलाई ८ महिनाअघि नेपाल ल्याइएको थियो ।

सप्तरी बथनाहका शशीकुमारकी छोरी मनिषाको विवाह ०७२ वैशाख २९ मा उपेन्द्रका छोरा अमरेन्द्रसँग भएको थियो । मनिषा र अमेरेन्द्रका २ वर्षकी एक छोरीसमेत छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय