सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई थप ८ करोड, उपकरण खरिदप्रक्रिया सुरु, केमाे सञ्चालनमा

जिल्लामा विवादित अवस्थामा रहे पनि प्रतिपक्षीको निरन्तरको दबाबपछि सरकारले केन्द्र सरकारअन्तर्गत सञ्चालन गर्ने निर्णय गरेको बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर अस्पतालले थप उपकरण भित्र्याउने तयारी गरेको छ । अस्पतालका लागि सरकारले झन्डै ८ करोड लगानी थपेसँगै उपकरणका लागि टेन्डर आह्वान गरिएकाे हाे ।

उपचारका लागि आवश्यक उपकरण खरिद गर्न लागिएको अस्पतालका कार्यकारी निर्देशक विश्वराम पौडेलले जानकारी दिए । ‘फोर डी सिमुलेटर, ब्राक्री तथा मेमोग्राफी सिस्टमका लागि उपकरण थप गर्न लागिएको हो,’ निर्देशक पौडेलले भने, ‘यसले क्यान्सरको उपचारका लागि थप सहयोग पुग्नेछ ।’ अस्पतालले झन्डै ८ करोडको उपकरण अस्पतालमा थप्न लागेको हो । जसका लागि टेन्डर आह्वानसमेत गरिसकिएको पौडेलले जानकारी दिए ।

अस्पतालका लागि अधिकतम ३ करोड ६० लाख मूल्यको फोर डी सिमुलेटर, २ करोड ७ लाख ९० हजारको ब्रेक्रोथेरापी युनिट र १ करोड ४४ लाखमा डिजिटल मेमोग्राफी सिस्टम खरिद गर्न प्रक्रिया सुरु गरिएको निर्देशक पौडेलले जानकारी दिए । ‘खरिद गर्न लागिएका उपकरणहरू उपचार र शरीरका अंगहरूको स्क्यानिङमा प्रयोग हुनेछन्,’ उनले भने ।

खजुरा क्यान्सर अस्पतालका लागि अधिकतम ३ करोड ६० लाख मूल्यको फोर डी सिमुलेटर, २ करोड ७ लाख ९० हजारको ब्रेक्रोथेरापी युनिट र १ करोड ४४ लाखमा डिजिटल मेमोग्राफी सिस्टम खरिद गर्न प्रक्रिया सुरु गरिएको निर्देशक पौडेलले जानकारी दिए । ‘खरिद गर्न लागिएका उपकरणहरू उपचार र शरीरका अंगहरूको स्क्यानिङमा प्रयोग हुनेछन्,’ उनले भने ।

अस्पतालले क्यान्सर उपचारमा केमो सेवासमेत सुरु गरिसकेको छ । ‘दुई सातादेखि केमो सेवा सञ्चालनमा छ,’ निर्देशक पौडेलले भने, ‘अस्पताल फुल फेजमा सञ्चालनका लागि पहल गरिरहेका छौँ ।’ अस्पतालको भविष्यबारे अन्योल सिर्जना भएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अस्पताललाई केन्द्र सरकारमातहत ल्याउनुपर्ने माग गर्दै निरन्तर सदन अवरुद्ध गरेपछि मन्त्रिपरिषद्ले अस्पताललाई केन्द्र सरकारअन्तर्गत राख्ने निर्णय गरिसकेको छ । तर, अस्पतालका लागि आवश्यक जनशक्तिका लागि गरिएको पहल भने सफल हुन सकेको छैन ।

विशेषगरी मध्य र सुदूरपश्चिम क्षेत्रका क्यान्सरपीडितका लागि उपचारकेन्द्र बन्ने विश्वास गरिएको खजुरा क्यान्सर अस्पताल भौतिक पूर्वाधारले सम्पन्न बन्दै गए पनि उपकरण र जनशक्तिको भने अभाव कायमै छ । माग गरेअनुरूप जनशक्ति र उपकरण उपलब्ध हुने हो भने अस्पतालले पूर्ण सेवा दिन सक्ने अस्पतालको दाबी छ ।

अस्पतालका लागि केही उपकरण खरिदको प्रक्रियामा रहे पनि थप उपकरण आवश्यक रहेको निर्देशक पौडेल बताउँछन् । ‘क्यान्सर उपचारका लागि सेकाइमा प्रयोग हुने उपकरण आवश्यक रहेकाले मन्त्रालयमा माग गरेका छौँ,’ उनले भने, ‘तर, त्यसका लागि बजेट भने उपलब्ध भइसकेको छैन ।’

विशेषगरी मध्य र सुदूरपश्चिम क्षेत्रका क्यान्सरपीडितका लागि उपचारकेन्द्र बन्ने विश्वास गरिएको खजुरा क्यान्सर अस्पताल भौतिक पूर्वाधारले सम्पन्न बन्दै गए पनि उपकरण र जनशक्तिको भने अभाव कायमै छ । माग गरेअनुरूप जनशक्ति र उपकरण उपलब्ध हुने हो भने अस्पतालले पूर्ण सेवा दिन सक्ने अस्पतालको दाबी छ । ‘हामीले मागेअनुसार जनशक्ति उपलब्ध हुने हो भने १५ दिनमै सर्जरी सेवासमेत सुरु गर्न सक्नेछौँ,’ निर्देशक पौडेलले भने ।

क्यान्सर अस्पतालले सय शय्याका लागि स्वीकृति पाएको छ । तर, जनशक्ति र उपकरण अभाव हुँदा अस्पतालले त्यसअनुसार सेवा दिन सकेको छैन । अस्पताललाई २ सयभन्दा बढी कर्मचारी आवश्यक भए पनि हाल ३० को हाराहारीमा कार्यरत कर्मचारीले नै सम्हालिरहेका छन् । ‘आवश्यक कर्मचारीको दरबन्दी माग गरिसकेका छौँ,’ निर्देशक पौडेलले भने ।

खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले क्यान्सर अस्पताललाई क्षमताअनुसार सञ्चालन गर्न पहल गरिरहेको बताएका छन् । ‘हाम्रो प्रयासमा अस्पताललाई संघ सरकारअन्तर्गत सञ्चालन गर्ने निर्णय सरकारले गरिसकेको छ,’ उनले भने, ‘अस्पताललाई आवश्यक उपकरण र जनशक्तिका लागि बजेट र दरबन्दीबारे सरकारसँग माग गरिरहेका छौँ ।’

अध्यक्ष कक्षपतिले खजुरावासीको योगदान र प्रयासले अस्पताल सञ्चालनमा आएको उल्लेख गर्दै भने, ‘अस्पताल पूर्ण क्षमतामा सञ्चालन गर्न संघीय सरकारलाई निरन्तर घच्घच्याउने छौँ ।’ उनले हालै मात्र काठमाडौंमा सरकार तथा स्वास्थ्य मन्त्रालयका प्रतिनिधिसँग भेटी अस्पतालका लागि आवश्यक विषयहरू पूरा गरिदिन माग गरेको बताए ।

‘निरन्तर बजेट माग गर्ने र थप काम अगाडि बढाउने कामलाई निरन्तरता दिइनेछ,’ गाउँपालिका अध्यक्ष कक्षपतिले भने, ‘अस्पताललाई अगाडि बढाउन गाउँपालिका तथा खजुरावासीबाट हुने पहलमा कहिल्यै कमी हुनेछैन ।’

अस्पतालका संस्थापक अध्यक्षसमेत रहेका कक्षपतिले क्यान्सर उपचार र यसमा प्रयोग हुने उपकरण महँगो हुने भएकाले बजेट व्यवस्थापन चुनौतीपूर्ण रहेको बताए । ‘निरन्तर बजेट माग गर्ने र थप काम अगाडि बढाउने कामलाई निरन्तरता दिइनेछ,’ गाउँपालिका अध्यक्ष कक्षपतिले भने, ‘अस्पताललाई अगाडि बढाउन गाउँपालिका तथा खजुरावासीबाट हुने पहलमा कहिल्यै कमी हुनेछैन ।’

प्रखर परोपकार मिसन नेपालले महायज्ञ सञ्चालन गरी सुरुवात गरेको अस्पताललाई पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्नो कार्यकालमा विशिष्टीकृत सरकारी अस्पतालका रूपमा विकास गर्न मिसन र स्थानीयसँग समन्वय र सहमति कायम गरी मन्त्रिपरिषद्बाट निर्णय गराएका थिए । उनले आवश्यक बजेट विनियोजन गरी काम अगाडि बढाएका थिए । त्यसयता सरकारले अस्पताललाई २७ करोड बजेट उपलब्ध गराइसकेको छ ।

अस्पतालले पूर्ण सेवा दिन सुरु गरेपछि मध्य तथा सुदूरपश्चिमका बिरामी चितवन, काठमाडौं र भारत धाउनुपर्नेछैन । सीमावर्ती भारतीयहरूलाई पनि यसै अस्पतालबाट सेवा दिन सकिने अस्पताल प्रशासनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय