अब अन्य समूहबाट पनि स्वास्थ्यसचिव हुन सक्ने, ११ तहमा खुला प्रतिस्पर्धा पनि हट्ने

स्वास्थ्य मन्त्रालयमा स्वास्थ्यसेवाबाहेकका समूहका व्यक्तिसमेत स्वास्थ्यसचिव हुन पाउने बाटो कानुनी रूपमै खुला हुने भएको छ । सचिव सरुवा र पदस्थापनमा सेवाको समूहीकरण (क्लस्टर) हट्ने भएसँगै स्वास्थ्यकर्मी सचिव अरू मन्त्रालयमा सरुवा भएर जान सक्ने र स्वास्थ्यमा स्वास्थ्यकर्मी नै सचिव हुनुनपर्ने अवस्था आउनेछ ।

यसअघि स्वास्थ्यसेवाभित्रबाट सचिव भएकालाई स्वास्थ्यमा पदस्थापन गर्ने र अन्यत्र सरुवा नगर्ने गरिएको थियो । बीच–बीचमा प्रशासन समूहबाट स्वास्थ्यमा सरुवा गर्दासमेत चिकित्सकहरूले विरोध गर्दै आएका थिए । तर, पछिल्लोपटक सरकारी चिकित्सक संघले पनि योग्यता पुगेका स्वास्थ्यकर्मीलाई सचिव हुने बाटो सबैतिर खोल्न र जुनसुकै मन्त्रालयमा समेत सचिव हुन पाउने व्यवस्था गर्न माग गर्दै आएको छ ।

संघीय संसद् सचिवालयमा दर्ता भएको ‘संघीय निजामती सेवा गठन, सञ्चालन र सेवासर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा सचिव बढुवामा क्लस्टर लागू भए पनि कानुनबाहेकका सचिवको सरुवा र पदस्थापनमा सोही सेवासमूहकै हुनुनपर्ने व्यवस्था छ ।

अहिले स्वास्थ्यसँगै कानुन, परराष्ट्र, वन, कृषि, सहरी विकास, ऊर्जा र महालेखामा सोही समूहबाट बढुवा भएकाहरूको मात्रै पदस्थापन हुन्छ । स्वास्थ्य स्पष्ट रूपमा क्लस्टरमा नभए पनि केही समयअघि स्वास्थ्यसचिवलाई सरकारले सरुवा गर्दा सर्वोच्चले अन्तरिम आदेश दिएर स्वास्थ्यमै फर्काइदिएको थियो ।

त्यसैगरी विधेयकले प्रस्ताव गरेअनुसार नै ऐन बनेमा अब स्वास्थ्यका कर्मचारीलाई जम्मा दुई तहमा विभाजन गरिएको छ । पाँचौँभन्दा तल्ला तहकालाई सहायक र छैटौँदेखि १२औँ तहसम्मलाई अधिकृत तह प्रस्ताव गरिएको छ । विधेयकमा खुला प्रतिस्पर्धाबाट सहसचिव (११औँ) तह हुने व्यवस्थासमेत हटाइएको छ । अहिले उच्च तहमा रहेका धेरै चिकित्सक र जनस्वास्थ्य प्रशासक ११औँ तहमा खुला प्रतिस्पर्धाबाट आएका हुन् ।

अहिले स्वास्थ्यसँगै कानुन, परराष्ट्र, वन, कृषि, सहरी विकास, ऊर्जा र महालेखामा सोही समूहबाट बढुवा भएकाहरूको मात्रै पदस्थापन हुन्छ । स्वास्थ्य स्पष्ट रूपमा क्लस्टरमा नभए पनि केही समयअघि स्वास्थ्यसचिवलाई सरकारले सरुवा गर्दा सर्वोच्चले अन्तरिम आदेश दिएर स्वास्थ्यमै फर्काइदिएको थियो ।

विधेयकमा जुनसुकै समूहबाट बढुवा भए पनि जहाँसुकै पदस्थापन र सरुवा गर्न सकिने प्रस्ताव गरिएको छ । विधेयकमा स्वास्थ्यलगायत अन्य सेवाबाट विशिष्ट श्रेणीमा बढुवा हुन सक्ने प्रावधान भने कायम राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय